खुब रोए विराट कोहली, प्रेमिका अनुष्काले यस्तो भनेपछि.....
![]() |
यसै वर्ष अस्ट्रेलिया भ्रमणका क्रममा कप्तान महेन्द्र सिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेपनि विराट कोहलीले उक्त जिम्मा पाएका छन् ।
अस्ट्रेलिया भ्रमणका क्रममा विराटकी प्रेमिका अनुष्का शर्मापनि उनीसँगै थिइन् । तर, धोनीले कप्तानी छोड्न लागेको बारेमा विराटलाई पनि केही थाहा थिएन ।
यो खबर अनुष्काले यो खबर सुनाउँदा उनी खुब रोएका थिए । उनले एक अन्तरवार्ताका क्रममा धोनीले कप्तानी छोडेको र आफूले यति कम उमेरमा टेस्ट कप्तानीको जिम्मेवारी पाउँछु भन्ने आफूले विश्वास नै नगरेको बताएका छन् ।
उनलाई त्यस समयमा पनि अनुष्का शर्माले नरुन भनेको पनि उनले खुलासा गरेका छन् । अब भारतले टेस्ट क्रिकेटका लागि बंगलादेश भ्रमण गर्दै छ ।
अब विराटको काधमा भारतको टेस्ट रेकर्ड सुधार्ने जिम्मेवारी हुनेछ । पछिल्ला ४ वर्षदेखि भारतले टेस्ट क्रिकेटमा खासै प्रगति गर्न सकेको छैन ।
विराटको टेस्ट क्रिकेटमा राम्रो प्रदर्शन रहँदै आएको छ । उनले ३३ टेस्टमा ४६.३० को औषतमा २५४७ रन हानेका छन् । जसमा १० शतक र १० अर्थशतक समेत रहेका छन् । सन् २०११ मा टेस्टमा १ नम्बर रहेको भारत अहिले चौथो नम्बरमा रहेको छ ।
![]() |
Category: CelebrityNews And Gossips, News
0 comments