Hindi Films

शिवलिंग को बारे मा जानकारी बैज्ञानिक प्रमाण सहित

Unknown | 12:16 | 0 comments



सनातनी_बीरहरु_सित_मेरो_आह्वान‬ ::: असुरहरुले अब शिवलिंग माथि गलत टिप्पणी गर्छ भने यो अतिमहत्वपूर्ण अकाट्य वैज्ञानिक एवं अध्यात्म विज्ञानले परिपूर्ण तथ्यले प्रस्ट  गर्न सक्नु हुनेछ|  तै भएर पढ्नु भन्दा पहिला share गर्नुहोस ता कि तपाई संगै का सनातनी मित्र हरु पनि यो सत्य ज्ञान हासिल गरुन |
|| हर हर महादेव||10940517_373531852818836_8164797030965480137_n
शिवलिंग : शिवलिंग को बारेमा मानिसहरुलाई यति मात्रामा भ्रम छ त्यो पनि तेसको नामलाई लिएर!!
आज कल मानिसहरु तेसको जुन अर्थ निकाल्छ खास गरि हालको नव विद्वानहरु, त्यो यहाँ भन्न सक्दिन किन कि म तेस भ्रमहरुलाई प्रचार गर्न चाहन्न।
सबै भन्दा पहिलो कुरो यो मानव मन अति चंचल छ र कसैबाट सत्य कुरा भन्दा गलत एवं असत्य कुरा सुन्दा यो मस्तिष्कले सारै सताउँछ कि सत्य के हो! तेसमा पनि आज कल अधर्मीहरुले प्रकाशित गरेका दिग्भ्रमित गर्ने किताबहरुले गर्दा साधारण व्यक्तिको लागि समस्या झन जटिल बनेको छ| तेसैले जुन कुरा तपाईलाई थाहा हुदैन तेसको बारेमा सनातन धर्मका वरिष्ठ एवं शास्त्रका ज्ञाताको वचनको अनुसरण गर्नु होला|
प्रथम कुरा संस्कृतमा “लिंग” को अर्थ हुन्छ प्रतीक।
जनेंदीयको लागि संस्कृतमा एउटा अर्को शब्द छ – “शिश्न”.
शिवलिंग भगवानको निर्गुण-निराकार रूपको प्रतिक हो। भगवानको त्यो रूप जसको कुनै आकार छैन जसमा कुनै गुण ( सात्विक, राजसिक र तामसिक ) छैन, जो सम्पूर्ण ब्रह्माण्डको प्रतीक हो र जो शुन्य-अवस्थाको प्रतिक हो। ध्यानमा योगी जुन शान्त शुन्य भावलाई प्राप्त गर्छ, जो ईश्वरको शान्त र परम-आनन्द स्वरुपको प्रतिक हो तेसलाई नै शिवलिंग भनिन्छ।
वातावरण सहित घुम्दै गरेको धरती वा सम्पूर्ण अनन्त ब्रह्माण्ड (ब्रह्माण्ड गतिमान छ) को अक्स/धुरी (axis) नै लिंग हो।
हामीलाई थाहा छ कि सबै भाषाहरुमा एउटै शब्दको अनेक अर्थ हुन्छ
जस्तै: सुत्रको – डोरी/धागा,गणितीय सुत्र, कुनै भाष्य, लेखनलाई पानी सुत्र भनिन्छ जस्तै नासदीय सुत्र, ब्रह्म सुत्र आदि।
अर्थ :- सम्पति, माने/मतलब (मीनिंग),
तेसी प्रकार यहाँ लिंग शब्दबाट अभिप्राय चिह्न, निशानी वा प्रतिक हो।
यहाँ हेर्नुस, ::
लिंग संस्कृत का शब्द है जिसके निम्न अर्थ है
त आकाशे न विधन्ते -वै०। अ ० २ । आ ० १ । सू ० ५ रूप ,रस ,गंध र स्पर्श :- यो लक्षण आकाश मा छैन।
किन्तु शब्द नै आकाशको गुण हो। “निष्क्रमणम् प्रवेशनमित्याकशस्य” लिंगम् -वै०। अ ० २ । आ ० १ ।सू ० २ ० जसमा प्रवेश गर्नु तथा निस्कनु हुन्छ त्यो आकाशको लिंग हो । अर्थात यो आकाशको गुण हो।
“अपरस्मिन्नपरं युगपच्चिरं क्षिप्रमिति काललिङ्गानि” ।-वै०। अ ० २ । आ ० २ । सू ० ६
जसमा अपर, मा, (युगपत) एक वर, (चिरम) विलम्ब , क्षिप्रम शीघ्र इत्यादि प्रयोग हुन्छ , यसलाई काल भनिन्छ, अर्थात यो काल को लिंग हो।
इत इदमिति यतस्यद्दिश्यं लिंगम। – वै०। अ ० २ । आ ० २ । सू ० १ ०
जसमा पुर्व, पश्चिम, उत्तर, दक्षिण , तल तथा माथि व्यवहार हुन्छ तेसैलाई दिशा भनिन्छ अर्थात यो सबै दिशाको लिंग हो।
“इच्छाद्वेषप्रयत्नसुखदुःखज्ञानान्यात्मनोलिंगमिति” -न्याय० अ ० १ । आ ० १ । सू ० १ ०
जसमा (इच्छा) राग , (द्वेष) वैर, (प्रयत्न) पुरुषार्थ , सुख, दुःख, (ज्ञान) जान्नु आदि गुण छ , त्यो जीवात्मा हो। यो सबै जीवात्माको लिंग अर्थात कर्म एवं गुण हो।
शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष को प्रतिक भएकोले यसलाई लिंग भनिएको छ। स्कन्दपुराणमा भनिएको छ कि आकाश स्वयं लिंग हो। धरती तेसको पीठ वा आधार हो र सबै अनन्त शून्यबाट जन्मेर तेसैमा लय हुने कारणले यसलाई लिंग भनिएको छ तथा कयौं अन्य नामहरुले पनि सम्बोधित गरिएको छ। जस्तै: प्रकाश स्तम्भ /लिंग, अग्नि स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग, ब्रह्माण्डीय स्तम्भ/लिंग (cosmic pillar/lingam)
ब्रह्माण्डमा दुई वटा वस्तु मात्रै छन्: ऊर्जा र प्रदार्थ | हाम्रा शरीर प्रदार्थले निर्मित छ र आत्मा ऊर्जा हो।
यसै प्रकार शिव पदार्थ र शक्ति ऊर्जाको प्रतिक बनेर शिवलिंग कहलाउँछ।
ब्रह्माण्डमा उपस्थित समस्त ठोस तथा उर्जा शिवलिंग मै निहित छ। वास्तवमा शिवलिंग हाम्रा ब्रह्माण्डको आकृति हो (The universe is a sign of Shiva Lingam.)
शिवलिंग भगवान शिव र देवी शक्ति (पार्वती) को आदि-आनादी एकल रूप हो तथा पुरुष र प्रकृतिको समानताको प्रतिक पनि अर्थात यस संसारमा न कि पुरुष मात्रको र न कि प्रकृति (स्त्री) मात्रको वर्चस्व हो अर्थात दुवैको सामान छ।
अब अलिकता आईसटीनको सुत्र हेरौं जसको आधारमा परमाणु बम बनाइयो, परमाणुको भित्र छुपेको अनन्त ऊर्जाको एक झलक देखाइयो जो कति विध्वंसक थियो सबैमा बिधितै छ।
e / c = m c {e=mc^2} {ई=एम सी स्क्वेयर} [एनर्जी र मैटर एउटै हो] (डिस्कवरी साइंस चैनलमा आउने क्रार्यक्रम “डार्क मैटर्स- ट्विस्टेड बट ट्रू” को “आइंसटीन रिवेँज” नामक एपिसोड इंटरनेट मा डाउनलोड गरेर हेर्नुहोस्।)
यसअनुसार पदार्थलाई पूर्णतयः ऊर्जामा बदल्छ अर्थात दुई हैन नही एउटै हो तर त्यो दुई वटा भएर स्रष्टिको निर्माण गर्दछ। हाम्रा ऋषिहरुले यो रहस्य हजारौं साल पहिला नै खोजि सकेका थिए।
हाम्रा सन्तहरु/ऋषिहरुले जो हामीलाई वेदहरु, उपनिषदहरुको ज्ञान लिखित रूपमा प्रदान गरेका छन। उहाँहरुले कहिल्यै यो दावा गर्नु भएन कि यो उनीहरुको काम हो। तिनीहरु प्रत्येक कार्यको अन्तमा स्वीकार गरे कि तिनीहरु हामीहरुलाई बताउँदै छन् जो उनीहरुले आफ्ना पूर्वजहरु द्वारा भनिएको छ। यो सार्वभौमिक ज्ञान लगभग १३.७ खरब वर्ष पुरानो हामीलाई संस्कृत जस्तो महान भाषामा उपलब्ध हुन्छ। यस कुनै अन्य भाषामा पुर्नायता (exact) अनुवाद गर्न सकिदैन। कम से कम अंग्रेजी जस्तो कमजोर भाषामा त पटक्कै होइन। जस्तो कि यौटा सानो उद्धाहरण दिदै छु: आज गुगल ट्रांसलेटर मा लगभग सबै भाषाहरुको समावेश छ किन्तु संस्कृतको होइन। किनकि संस्कृतको व्याकरण विशाल तथा दुर्लभ छ। यो कुरा नव विद्वान जान्न चाहदैन बरु झन लान्छन लगाउन सिपालु छन्  
तपाई भन्नु हुन्छ कि संस्कृत यति इम्पोर्टेन्ट छैन तेसैले छैन होला, यदि इम्पोर्टेन्ट होइन भने नासा ले संस्कृत किन अपनाउन चाहन्छ र आफ्ना नवयुवकहरुलाई किन संस्कृत सिकाउनमा दिन रात एक गरेका छन्? आज किन पाश्चात्यहरु इसाई धर्मालम्बीहरु इसाई को बैबल र अंग्रेजी भाषालाई तेती प्राथमिकता दिई रहेको छैन जति आज भन्दा 10 वर्ष पहिला दिई रहेको थियो???
 
हामी आफ्नो दैनिक जीवनमा पनि हेर्न सक्छौं कि जब कुनै स्थानमा अकस्मात उर्जाको उत्सर्जन हुन्छ तब उर्जाको विस्तार आफ्नो मूल स्थानको चारै तिर र एक वृताकार पथमा तथा माथि एवं तल तिर अग्रसर हुन्छ अर्थात दसौंदिशाहरु (आठौँ दिशाको प्रत्येक डिग्री (360 डिग्री)+माथि एवं व तल ) हुन्छ, फलस्वरूप एक क्षणिक शिवलिंग आकृतिको प्राप्ति हुन्छ हस्तो बम विस्फोटले प्राप्त उर्जाको प्रतिरूप , शांत जलमा सानो ढुंगा फ्याकनाले प्राप्त तरंग (उर्जा) को प्रतिरूप आदि ।
स्रष्टिको आरम्भमा महाविस्फोट पश्चात उर्जाको प्रवाह वृत्ताकार पथमा तथा माथि एवं तल तिर भयो फलस्वरूप एक महाशिवलिंगको प्राकट्य भयो जसको वर्णन हामीलाई लिंगपुराण, शिवमहापुराण, स्कन्द पुराण आदिमा भेट्छ कि आरम्भमा निर्मित शिवलिंग यति विशाल (अनन्त) तथा देवता आदि मिलेर पनि तेस लिंगको आदि र अन्तको छोर वा शास्वत अन्त पाउन सकेन।
पुराणहरुमा भनिएको छ कि प्रत्येक महायुगको पश्चात समस्त संसार यसै शिवलिंगमा समाहित (लय) हुन्छ तथा यसैबाट पुनः सृजन हुन्छ।
[तेही आदि शक्तिको आदि स्वरुप (शिवलिंग ) बाट इस समस्त संसारको उत्पति भयो तथा तेसको यस गोलाकार / सर्पिलाकार स्वरुप प्रत्यक्ष अथवा परोक्ष तथा प्राकृतिक अथवा कृत्रिम रूपले हाम्रो चारै तिर स्थित छ।
1. हाम्रो आकाश गंगा
2. हाम्रा छिमेकि अन्य आकाश गंगाहरु (पाँच-सात -दस हैन, अनन्त छ )
3. ग्रहहरु, उल्काहरु आदिको गति (पथ)
4.ब्लैक होल को रचना
5. सम्पूर्ण पृथ्वीमा आएको गएको सर्पिलाकार चिन्ह (यी सबै अझै रहस्य बनेको छ, यो हजारौंको संख्यामा छ, जसमध्यबाट अधिकतर पिरामिडहरु भन्दा पनि पुराने छ)
6. समुद्री तुफान
7. मानव डीएनए
8. मानव कुण्डलिनी (सर्पिलाकार / गोलाकार/ कुण्डलको समान ) शक्तिको प्रतिरूप ।
9. जल धारा
10. जीवाश्म
11. परमाणुको संरचना
12. शंख को संरचना
13. समुद्री जीवहरुको गति
14. मकड़ी को जाल
15. वायु तुफान
16. प्रकृति
17. घोंघा
18. बम विस्फोटले निकली
ऊर्जाको प्रतिरूप ।
19. ब्रह्माण्डमा हुने वाला दैनिक स्वविस्फोट
20. सरोवरमा खस्ने पानीको थोपाको प्रतिरूप
21. लट
22. पुष्प
23. डीएनए को
न्युक्लियोटाइड संरचना ।
24. शिवलिंग
यस प्रकारको करोडौं वृताकार संरचनाहरुको सम्बन्ध “ॐ” सित छ (पुरानो पोस्टमा नासा द्वारा जारी गरिएको सुर्यको ध्वनि सुन्नु भएको छ होला :video मा)
साथीहरु हो ! उपरोक्त वर्णन पुर्णतया सत्य छ यसको अतिरिक्त तपाई शिवलिंग को कतै अरु यसको विपरीत (गलत) व्याख्या देख्नु हुन्छ भने त्यो पूर्णतया गलत छ,
षड्यन्त्रकारीको षड्यन्त्र, सेकुलरहरुको मलेच्छ नस्ल, विधर्मियहरुको कुत्सित कियाकलाप, मुर्खहरुको भ्रमित बुद्धिको प्रलाप तथापि केहि सयौं वर्ष पुर्व मानिसहरु द्वारा चलाइएको मजहबी दुकानहरुको उन्नति हेतु सनातन धर्म माथि हिलो फ्याक्ने असफल प्रयास मात्र हो।खैर यी सबै देवहरु र असुरहरुको पुरानो प्रेम हो| तसर्थ यदि कतै शिवलिंग माथि नकारात्मक कुरा चली रहेको हेर्दा चुप लगेर हेर्नु भन्दा यो लिंक पोस्ट गरि शिक्षा फैलाउनु तपाई को धर्म प्रतिको कर्तव्य हुनेछ|
||हर हर महादेव|| ||जय सनातन धर्म||

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments