Hindi Films

आजको राशिफल: वि.सं.२०७२ साल जेठ २१ गते। बिहीबार। सन् २०१५ जुन ४ तारिख।

Unknown | 13:40 | 0 comments



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि केही प्रतिस्पर्धा भने गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। यसले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo 
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :समयमा निर्णय नलिनाले हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयता बढ्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। स्थानान्तरण वा लामो यात्रा होला। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम भने खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

Category:

0 comments