पुरुषलाई महिलाको शारीरिक अंग र छोड़ा कपडा लगाएको देख्दा यौन उत्तेजना हुन्छ भने महिलालाई यस्तो अनुभूति हुन्छ की हुँदैन?
![]() |
म ४२ वर्षीय विवाहित पुरुष हुँ । मलाई १५-१६ वर्षदेखि नै आकर्षक महिलाको तस्बिर वा उनीहरूले छोटा पहिरन लगाएको हेर्ने इच्छा हुन्थ्यो र साथीहरूलाई पनि यस्तै हुन्छ कि हुँदैन भनेर सोध्थे साथीहरू भन्थे । यो उमेरमा सबैलाई यस्तै हुन्छ । मलाई पछिसम्म पनि महिलाहरूलाई पौडी खेल्दा लगाउने पहिरनमा हेर्न मन लाग्थ्यो र त्यसैमा यौन उत्तेजना महसुस गर्थे । यो कुरा विवाहपछि हट्छ कि जस्तो लाग्थ्यो तर हटेन । मैले गरेजस्तो अनुभूति महिलाहरूले पुरुषलाई देख्दा हुन्छ कि हँुदैन भन्ने कुरा पनि जान्ने मन छ ।
पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख तथा पुस्तकहरूमा चर्चा भैसकेको छ । ती लेखहरूमा महिलाको दाँजोमा पुरुषहरू नै बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । पुरुषहरूमा बढी यौन उत्तेजना हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गकि भूमिकाको अपेक्षा एवं यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ । टप टेन रिभ्यु डटकममा ४० करोड वयस्कले पोर्नोग्राफी वेबसाइट हेरेको उल्लेख छ, जसमध्ये ७२ प्रतिशत पुरुष तथा २८ प्रतिशत महिला रहेको बताइएको छ । विभिन्न प्रयोगात्मक अध्ययनले पनि महिलाभन्दा पुरुषमा विपरीत लिंगीलाई देखेर हुने यौन उत्तेजनाको मात्रा बढी हुने भनिए पनि महिला र पुरुषबीचको यौन भिन्नताका सम्बन्धमा किन त्यस्तो भएको हो भन्ने यथार्थ कुरा अझै अनुसन्धानकै विषय मानिन्छ ।
यस्ता अनुसन्धान गर्दा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने दृश्य देखाइएको थियो र दुवैमध्ये कसमा बढी यौन उत्तेजना हुन्छ भन्ने कुरा मापन गर्ने यन्त्र जडान गरिएको थियो । यन्त्रको प्रयोगमार्फत उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह, मुटुको गति, रक्तचाप, यौनाङ्गको प्रतिक्रिया कति हुन्छ भन्ने कुरा समेत मापन गरिएको थियो । यसरी गरिएको अनुसन्धानले दुवै जनामा एकै किसिमले यौन उत्तेजना भएको र त्यसको मात्रा बराबर भएको पाइयो र त्यही अनुसन्धानले महिला र पुरुष दुवैमा देखेर हुने यौन उत्तेजना र दृष्टि क्षमता बराबर हुने कुराको पुष्टि गर्यो ।
धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौन इच्छाका सम्बन्धमा गर्ने अभिव्यक्तिलाई पापका रूपमा लिइन्छ भने कतिपय समाजमा त्यसलाई स्वीकार गरिँदैन । कतिपय समाजले महिलाहरूको यौन इच्छालाई नियन्त्रण गर्नुपर्ने मान्यता राख्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौन इच्छा व्यक्त गर्दैनन् । त्यसैले पनि कतिपय लेख वा पुस्तकमा महिलामा पुरुषलाई देखेर हुने यौन उत्तेजनाका सम्बन्धमा ठोस रूपमा उल्लेख गरिएको पाइँदैन ।
अब फर्कौं तपाईको प्रश्नमा, तपाइर्ंको भनाइअनुसार तपाइर्ंको मनमा विभिन्न दुविधा भएको महसुस भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपाईंमा उब्जिएको दुविधा मनोरोग हुन पुग्छ । कालान्तरमा महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा आफूमा रहेको दुविधाले दैनिक जीवनलाई नै असर गर्न थाल्छ । श्रीमतीसँगको सम्बन्धमा पनि असर देखा पर्न सक्छ । तपाईंको कुराअनुसार अहिलेसम्म तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो छ, त्यसैले तपाइर्ंले हाल महसुस गर्नुभएको दुविधा अनि महिलाप्रतिको अनुभूतिको अनुभव श्रीमतिसँग साट्न सक्नुहुन्छ ।
पौडी खेल्दा लगाइने पहिरनमा कुनै महिलालाई देखेर तपाईंलाई यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क राख्ने चाहना पनि हुन्छ भन्ने कुरामा पनि प्रस्ट हुनु आवश्यक छ । यदि त्यस्ती महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुन्छ भने तपाईं कुनै पनि बेला अप्ठयारोमा पर्न सक्नुहुन्छ र कानुनी झमेला समेत बेहोर्नु पर्ने हुन्छ ।
![]() |
Category: News
0 comments