साउदी सेना र हुती विद्रोहीबीच व्यापक भिडन्त
![]() |
काठमाडौं, जेष्ठ २४ । सउदी अरब र यमनका सीमामा सेना र र हुती बिद्रोहीबीच ब्यापक भिडन्त भएको छ ।
भिडन्तकै क्रममा चार सउदी सैनिक र केही बिद्रोही मारिएका छन् । सउदी सीमा प्रवेश गर्न लागेको हुती बिद्रोहीलाई रोक्ने क्रममा झडप भएको बुझिएको छ ।
भिडन्तमा दुब्र तर्फ थुप्रै घाइते भएका छन्
। यसैबीच हुती बिद्रोहीले आफूहरु शान्ती वार्ताका लागि तयार रहेको संकेत दिएको छ ।
। यसैबीच हुती बिद्रोहीले आफूहरु शान्ती वार्ताका लागि तयार रहेको संकेत दिएको छ ।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा आगामी जुन १४ तारिख जेनेभामा हुने भनिएको शान्ति वार्ताका लागी हुती बिद्रोही सहमत भएको बुझिएको छ ।
हुती बिद्रोहीका राजनैतिक शाखाका बरिष्ठ सदस्य दैफल्लह अल समीले आफूहरु जेनेभा वार्तामा बस्न तयार रहेको जनाउ दिएका हुन् ।
सउदी अरब र यमनको सीमामा भएको भिडन्तमा हालसम्म २ हजार जनाको ज्यान गइसकेको छ ।
सोही बिद्रोही समूहले गत बर्षको सेप्टेम्बरमा यमनको राजधानी साना कब्जा गरी देशको अधिकार आफनो हातमा लिएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments