स्तन साना भएर चिन्ता लिनु पर्ने अबस्थाबाट मुक्ति पाउनुहोस् यसरी सिलिकन राख्ने बिधि को बारेमा जान्नुहोस !
![]() |

स्तन साना भएकाले सिलिकन राखेर ठूला बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ। स्तनमा सिलिकन राख्ने भनेको के हो? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन्? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन्?
डा. जसवन शाक्य
डा. जसवन शाक्य
मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल
महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ। स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन। विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई 'ब्रेस्ट इम्प्लान्ट' भनिन्छ। यो बिलकुलै कस्मेटिक कुरा हो। यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ। संसारमा ब्रेस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो। सिलिकन मानिसको शरीरभित्र 'एड्जस्ट' भएर बस्ने र कुनै पनि हानि नगर्ने विशेष प्रकारको रबर हो। यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ।
ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन्। ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ। जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ। स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन।
स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ। सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ। ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो। यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन्। नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ।
१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन्। ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन। उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ।
इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ। स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ। इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन। बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ। इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ।
ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ। यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो। इम्प्लान्ट गर्दा सिलिकन डल्लो पर्योै वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ। इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ। एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन। कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ। यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ। यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ। सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन। स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ। तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन।
युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ। एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ। नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ।

Source: Nagarik News
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: health
0 comments