Hindi Films

‘काम नगर्ने कर्मचारी हटाएर युवा भर्ना गरिन्छ’

Unknown | 08:53 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

घरमूली तास खेल्ने, स्वयंसेवक घर बनाउने : मन्त्री पण्डित

 
 १६ बुँदेले संविधान दिँदैन : वैद्य      ‘एमाओवादीले धोका दियो’
ओखलढुंगा, असार १ - सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मानिसहरुले आफ्नो कर्तब्य बिर्सिदा घरमुली तास खेल्ने, स्वयंसेवक घर बनाउने अवस्था आएको बताएका छन् । मंगलबार ओखलढुंगा सदरमुकाममा ‘भूकम्पपछिको व्यवस्थापन र सेवा प्रवाह समीक्षात्मक कार्यक्रम’मा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
‘सेना आयो, प्रशासन आयो, तर खै त राज्य आएन भनेर भन्ने चलन बढेको छ ।’ मन्त्री पण्डितले भने, ‘म आफै पनि राज्य हुँ वा मेरो पनि केही कर्तव्य छ भन्ने महशुस गर्न नसक्ने नेपाली धेरै भए ।’ नेपालप्रतिको माया नहुनेलाई नेपाली भन्नै नसकिने उनले बताए ।
‘गोर्खा नदेख्नेले लन्डनको सडकमा छाती पिटेर हुँदैन,’ पण्डितले भने, ‘त्यसैले अरुको देशलाई स्वर्ग देखेर विदेश जान चाहने कर्मचारीलाई तत्काल कारबाही गर्ने अभियान नै लिएर अघि बढेको हुँ ।’
उनले भूकम्पको विपत्का बेला सक्रिय रुपमा खट्ने कर्मचारीहरुलाई पुरस्कृत गरिने र नखटेका कर्मचारीलाई कारबाही गरिने समेत बताए । जो आफ्नो कार्यक्षेत्र पुग्न नसकेर फर्किएका छन् त्यस्तो कर्मचारीले आफू निलम्बनमा परेको स्वघोषित गरे हुने उनले बताए । कतिपय काज फिर्ता आउन नचाहने कर्मचारीलाई राजीनामा गराई काम गर्न चाहने युवा भर्ती गर्ने तयारी मन्त्रालयले गरेको मन्त्री पण्डितले बताए ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments