Hindi Films

महिलालाई जिउँदै जलाउने प्रयास, उपचारका लागि काठमाडौं ल्याइदै

Unknown | 01:12 | 0 comments


बागलुङ, जेष्ठ २४ । बागलुङकी एक महिलालाई आफ्नै पतिले जिउँदै जलाउने प्रयास गरेका छन् ।
बागलुङ नगरपालिका—१  रामरेखा बस्ने नानु थापालाई आफ्नै पति सन्तोष थापाले ‘स्प्रिट’ छर्केर आगो लगाएको आफन्तले बताएका छन् ।
शनिवार राती आफ्नै घरमा आगो लगाइएकी थापाको धौलागिरी अञ्चल अस्पतालमा उपचार पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएपनि उपचारहुन नसक्ने भए पछि हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौ लैजाने तयारी भएको थापाकी आफन्त शिलशिला केसी ले बताइन ।
घाइते थापाको शरिरको बाहिरी भाग करिब ९० प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
धेरै शरिर जलेको र गम्भिर अवस्था भएकाले पोखरा रिफर गरेको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा.तरुण पौडेलले बताए ।
शनिवार राती करिब ११ बजेको समयमा थापा मरे भनेर चिच्याएको सुनेपछि सोही घरमा डेरा गरी बस्ने कमला शर्मा र लोकेन्द्र शर्माले शरिरमा लागेको आगो निभाएको स्थानीयले बताएका छन् ।
विगतमा पनि पतिले मानसिक दबाब दिने गरेको घाइते नानुकी आफन्त केसी ले बताइन् ।
वैदेशिक रोजगारीमा रहेका सन्तोष जेठ १ गते घरमा आएका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए ।  

Category:

0 comments