Hindi Films

फ्यानको ठुलो भिंडबाट बच्न करिनाको सुरक्षा बढाइयो

Unknown | 04:03 | 0 comments

saif-and-kareenaचलचित्रमा व्यस्त हुनुपर्ने भएकाले बलिउडका कलाकारले आफ्नै परिवारका मानिससँग समय बिताउन पाउँदैनन् । यसैले, उनीहरु समय मिल्यो कि देश बाहिर घुम्न पुग्छन् ।
नायक सैफअली खान र उनकी पत्नी नायिका करिना कपुर अहिले एकसाथ समय बिताउन माल्दिभ्स पुगेका छन् । माल्दिभ्सको रमणीय स्थानमा यो जोडीले समय बिताएर रमाइलो गरिरहेको छ ।
उनीहरुको साथमा सोया अली खान र उनका श्रीमान् पनि छन् । करिना माल्दिभ्स पुगेको खबर फैलिएसँगै उनलाई हेर्नेको भिड पनि लागेको छ ।
माल्दिभ्समा करिब ३० हजार भारतीय नागरिक बसोबास गर्छन् । करिनाले सोसल मिडियामा आफू माल्दिभ्समा रहेको तस्बिर सार्वजनिक गरेसँगै उनलाई भेट्न होटल परिसरमा यूवाहरुको भीड लाग्न थालेको छ ।
उनी बसेको कोठा नजिकै उनका फ्यान पुग्न थालेपछि होटलमा सुरक्षा बढाइएको छ । आफ्नो निजी जिन्दगीमा फ्यान वरिपरी आउँदा स्टारहरुले खुल्ला महशुश गर्न पाउँदैनन् । जसका कारण यी स्टारले आनन्दको समय कटाउन् भन्नका लागि सुरक्षा बढाइएको हो ।

Category:

0 comments