Home �
News
� आजको राशिफल: वि.सं.२०७२ साल जेठ ३१ गते। आइतबार। सन् २०१५ जुन १४ तारिख।
Unknown |
13:09 |
0
comments
 |
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। दिउँसो १:०० बजेपछि बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अनावश्यक काममा समय बित्नेछ। व्यावसायिक काममा पनि लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। मध्याह्नपछि भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हातलागी हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। मध्याह्नपछि खर्च बढे पनि व्यवसायमा लगानी बढाउने मौका आउला। वैदेशिक कामकाजमा पनि फाइदै होला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। टाढाको फलदायी यात्रा गर्ने मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। अपराह्नपछि आयआर्जन बढ्नुका साथै प्रशस्त आर्थिक लाभ मिल्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सानातिना काममा अल्झनुपर्ला। सहयोगी जुटाउन नसकिएला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। काममा आंशिक फाइदा हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामान्य काममा महत्वपूर्ण समय बित्न सक्छ । केही बाध्यताका काममा जुट्नुपर्ने योग छ । प्रयत्न गर्दा सहयोगीहरूको मद्दतले काम बन्नेछ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। मध्याह्नपछि नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। परिश्रम परे पनि सफलता मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेमको बन्धन कसिने बेला छ । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ । अपराह्न समयमा विगतका समस्या बल्झिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि फाइदा होला। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती आउलान्। अपराह्न व्यापारमा विशेष लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । समय मनोरञ्जनपूर्ण रहनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

विविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि आंशिक लाभ हुनेछ। अपराह्न व्यवसायमा राम्रै फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बिस्तारै उन्नति हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विगतका गल्तीले केही अप्ठ्यारो परिरहला। सुझावप्रति शंका उब्जनेछ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। मध्याह्नपछि पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। दिउँसो १ः:० बजेपछि भूमि तथा मातृधनबाट लाभ हुनेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका आउला। महत्वाकांक्षी योजना फलीभूत होलान्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। अपराह्न केही चुनौती सामना गर्नुपर्ला। तापनि, नयाँ काम थाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। परिवारजनका लागि धन खर्च हुन सक्छ।
 |
Category:
News
0 comments