भूकम्पको कारणले गर्भमा रहेको बच्चालाई केहि असर गर्छ की गर्दैन ? (विस्तारमा)
![]() |
म २४ वर्षीया गर्भवती महिला हु । मेरो गर्भ ७ महिनाको भयो । हालै गएको विनाशकारी भूकम्पले मेरो गर्भमा असर गर्छ कि गर्दैन होला ? अब मैले के गर्दा राम्रो हुन्छ ?
के.
हालै गएको भूकम्पले सबैमा त्रास सिर्जना गरेको छ । भूकम्पले अवधि नपुग्दै बच्चा जन्मिएको तथा तौल कम भएका बच्चाहरू बढी जन्मिएको देखिएकाले सजग हुनुपर्छ । यतिबेला सुरक्षित स्थानमा तथा स्वास्थ्य संस्थाको पहुँचमा बस्नुपर्छ । परकम्प आउँदा हतारमा कुद्ने वा भागदौड गर्दा तपाईंलाई क्षति हुन सक्छ । यस्तो अवस्थामा पनि प्रशस्त पानी, झोलकुरा तथा खानेकुरा पटक–पटक खानुपर्छ । तपाईंलाई तल्लो पेट तथा ढाड दुख्नु, पटक–पटक पेट सार्हो हुनु, योनिमार्गबाट पानी वा रगत बग्नुजस्ता प्रिट्रम लेबरको लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
![]() |
Category: News




0 comments