Hindi Films

फुटबल खेलेपछि प्रधानमन्त्री-ओलीले के भने ? (भिडियोसहित) |

Unknown | 21:51 | 0 comments

  
काठमाडौं, जेष्ठ २३ । प्रधानमन्त्री सुशील कोइरालाले आफूहरु पुनःनिर्माणको काममा एकताबद्ध भएर अघि बढ्ने र सफल भइ छाड्ने बताएका छन् ।

शनिबार नयाँपत्रिका दैनिकको आयोजनामा भएको शीर्ष नेता र कलाकारबीचको मैत्रीपूर्ण खेलपछि प्रधानमन्त्री कोइरालाले पुनःनिर्माण र संविधान लेखनको कामलाई सँगसँगै अघि बढाउने बताए । उनले मैत्रीपूर्ण खेलले एकता कायम गर्नसबैलाई प्रेरणा दिएको समेत बताए ।

एमाले अध्यक्ष केपी ओलीले मैत्रीपूर्ण खेलले विपत्तिपछिको पुनःनिर्माणमा सबै एक भएर लाग्नुपर्ने सन्देश दिएको बताए । उनले पुनःनिर्माण अभियानमा सबैको सहयोग आवश्यक हुने समेत उल्लेख गरे ।

यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सबै पक्षबीचको एकताबाट मात्र मुलुकमा पुनःनिर्माण सम्भव हुने बताए ।

Category:

0 comments