पोखरामा विषालु किङकोब्रा
![]() |

पोखरा : शंकरटोलको खोला बगरमा किङकोब्रा जातको विषालु सर्पको उद्धार गरिएको छ । शुक्रबार दुर्लभ प्रजातीको सर्पलाई स्थानीय विश्वास श्रेष्ठले उद्धारगरि जिल्ला वन कार्यालय कास्कीमा बुझाएको सहायक जिल्ला वन अधिकृत माधवप्रबिशालु साद बरालले जानकारी दिए ।
कोब्रा १० फिट २ ईन्च लम्वाई र साढे तीन केजी तौल रहेको बरालले बताए । यो प्रजातीको सर्प पोखरामा समय समयमा पाइने गरेको पनि बरालले जानकारी दिए । सर्पलाई सुरक्षित रुपमा जिल्ला वन कार्यालय कास्कीमा राखिएको छ । रुपन्देहीको शंकरनगर स्थित चिडीयाखानामा पठाउने वा स्थानीय बनमा छाड्ने भन्ने बिषयमा छलफल भइरहेको पनि बरालले बताएका छन् ।
किङकोब्रा जातको सर्प निकै बिषालु हुने र नेपालमा नै नपाइने औषधी उक्त सर्पमा अनुसन्धान गरेका प्राध्यापक करनबहादुर शाहले बताए । नेपालमा कम पाइने यो प्रजातीको सर्प संरक्षीत अवस्थामा रहेको पनि उनले बताए । जंगल, झाडी र पानीको वरपर बस्ने यो सर्प ठुलो हुने भएकोले टाढैवाट देखिने र नजिकै गएर जिस्क्याए मात्र डस्ने पनि उनले बताए ।
यो प्रजातीको सर्पको मुख्या आहारा नै अन्य प्रजातीको सर्प भएकोले यो सर्प भएको वरपर अन्य प्राजातीका सर्प कममात्रामा पाइने शाहले बताएका छन् । यस प्रजातीको सर्पले मात्र चराको झै गुणलागाएर ओथारो बसेर बच्चा पार्ने पनि शाहले बताए ।
किङकोब्राको बच्चा जन्मदै ५० सेण्टीमीटरको हुने पनि उनले बताए । नेपालको तराई देखि समुन्द्री सतहवाट ३५ सय मिटर उचाई सम्म यो प्रजातीको सर्प पाइने शाहको भनाई छ ।
किङकोब्राको बच्चा जन्मदै ५० सेण्टीमीटरको हुने पनि उनले बताए । नेपालको तराई देखि समुन्द्री सतहवाट ३५ सय मिटर उचाई सम्म यो प्रजातीको सर्प पाइने शाहको भनाई छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments