२३ दिनकी बालिकाको मृगौलाले वयस्कको ज्यान बच्यो
![]() |

तस्विर : एजेन्सी
योर्कसायर, वेलायत (एजेन्सी), असार २८ - योर्कसायरकी यि बालिकाको मृत्यु हुँदा उनी २३ दिनकी मात्र थिइन तर उनको गृगौलाले अर्का वयस्क व्यक्तिको ज्यान बचेको छ ।
जन्मिंदै मुटु र श्वावप्रश्वासमा समस्या भएपछि मिनी डग्लेबी नामक ति बालिकाको केही समय अघि निधन भएको थियो ।
बालिकाको अभिभावकको निर्णय अनुसार बालिकाको किड्नी झिकेर वयस्कलाई व्यक्तिलाई दान गरिएको थियो ।
मृतक छोरीको बारेमा बताउदै अभिभावकले आफ्नो छोरीको मृत्यु भए पनि अन्य व्यक्तिको ज्यान बचाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन् ।
बालिकाको मृगौला प्रत्यारोपण गरिएका ति व्यक्ति अहिले शल्यक्र्रियापछि सामान्य अवस्थामा फर्किदै गरेकाे डेली मेलले लेखेकाे छ ।
‘मेरो मुटु च्यातेर उनलाई बचाउन सक्थें भने म मुटु च्यातिदिन्थे तर कसै गरी पनि मेरी छोरीको भाग्य बदलिने थिएन’, बालिकाको आमाले भनिन्,‘मैले २८ बर्षसम्म गर्न नसकेको काम मेरी छोरीले यति छोटो उमेरमै गरेर गइन ।’
ति बालिका योर्कसायरकै सम्भवत सबैभन्दा कम उमेरकी मृगौलादाता हुन् ।
![]() |
Category: News



0 comments