मृगौला जोगाउने उपाय
![]() |
मृगौलाले काम गर्न छोडेपछि प्रत्यारोपणका लागि आफन्त दाता पाउनु वा खर्च गरेरै किन्न सक्ने नेपालीहरूको संख्या मुलुकमा अत्यन्त न्यून छ । फेरि प्रत्यारोपण गरेका बिरामीले मात्रै नभई दान दिने व्यक्तिले पनि पूर्ववत् क्रियाकलाप गर्न सक्दैनन्/पाउँदैनन् । बिरामीले पनि नियमित औषधि सेवन गर्नेदेखि विभिन्न संक्रमणबाट बच्ने लगायतका थुप्रै सावधानीहरू अपनाउनुपर्छ ।
हाल ५० बिरामी मृगौला प्रत्यारोपणका लागि केन्द्रमा पालो कुरेर बसिरहेका छन् भने मुलुकभरि यो संख्या करिब सयभन्दा बढी हुनुपर्ने निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । 'प्रत्यारोपण र डायलासिस उपचारको अन्तिम र निर्विकल्प हो । यो स्थिति आउनै नदिन जनस्तरमा जागरुकताका प्रयास हुनुपर्छ,' डा.श्रेष्ठका अनुसार प्रत्यारोपण गराउने चाहना राख्नेहरूमध्ये धेरैजसोले नातागोतामा दाता पाउन सकिरहेका छैनन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वको १० प्रतिशत जनसंख्या मृगौला रोगबाट प्रभावित छन् भने हामीकहाँ ३० लाख व्यक्तिहरू पीडित छन् । त्यसमध्ये बर्सेनि करिब ३ हजार बिरामीको मृगौलाले काम गर्न छोड्ने तथ्यांकले देखाएको छ । यस्ता व्यक्तिका लागि जीवनभर डायलाइसिस वा प्रत्यारोपणबाहेक उपचारका लागि हालसम्म अन्य विकल्प छैन ।
मृगौल्ाासम्बन्धी राेग अन्तिम अवस्थामा मात्रै थाहा हुँदा त्यतिखेरसम्म उपचारका लागि प्रत्यारापेण वा डायलासिसबाहेक विकल्प रहने गरेको उल्लेख गर्दै डा. श्रेष्ठ भन्छन्, 'मृगौलामा ९० प्रतिशतसम्म खराबी हुँदासमेत यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी हुँदैन ।'
साइलेन्ट किलर भनिने यो रोगमा बिरामीलाई कुनै दुखाइ हुँदैन भने अन्य प्रकारको लक्षणसमेत देखिँदैन । मृगौलाले शरीरको विषाक्त पदार्थलाई छानेर पिसाबको रूपमा बाहिर निकाल्न सघाउँछ । मृगौला फेल हुनु भनेको दुवै मृगौलाले काम गर्न छोड्नु हो । सामान्यतः एउटा मृगौला पूर्ण रूपमा बिगि्रँदासम्म पनि बिरामीलाई कुनै किसिमको समस्या हुँदैन । यति मात्र नभएर रगतमा क्रिएटिनिन र युरियाको मात्रामा समेत कुनै परिवर्तन हुँदैन । दुवै मृगौला बिगि्रएपछि मात्र रगतको जाँच गर्दा क्रिएटिनिन र युरियाको मात्रामा वृद्घलिे मृगौला फेल भएको देखाउँछ ।
मृगौला फेल हुने स्थिति आउन नदिन 'समयमै मृगौलासम्बन्धी रोग पत्ता लागे निको हुन्छ,' त्रिवि शिक्षण अस्पताल, नेफ्राेलजी विभागकी प्रा.डा. दिव्या सिंह शाह भन्छिन्, 'हामीले केही नियमको पालना गर्यौं भने मृगौला फेल भएर डायलासिस वा प्रत्यारोपण गर्नुपर्ने स्थिति आउँदैन ।' मृगौला जोगाउन उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा राख्नुपर्ने जनाउँदै प्रा.डा. शाह भन्छिन्, 'धूमपान बन्द गर्नुको साथै शरीरको तौल नियन्त्रित राख्ने र नियमित व्यायाम गर्नुपर्छ ।'
शरीरलाई चाहिने गरी पर्याप्त मात्रामा स्वस्थ पानी सेवनले पनि मृगौलालाई जोगाउने बताउँदै प्रा.डा. शाह खानामा हरियो सागसब्जी, रेसायुक्त खानाको मात्रा बढाउनु उपयुक्त हुने बताउँछिन् ।
उनी बिरामीले नै आफूखुसी औषधि किनेर खानुको अलावा चिकित्सकीय सल्लाहमा मात्र औषधि सेवन गर्न पनि सल्लाह दिन्छिन् । दुखाइ नाशक औषधिको बढी प्रयोग मृगौला बिगार्ने अर्को कारण हो ।
प्रा.डा.शाहका अनुसार मृगौला जोगाउन हरेक प्रकारको संक्रमणबाट बँच्दै पर्याप्त निदाउने गर्नुका साथै उच्च रक्तचाप वा मधुमेहका बिरामी, धूमपान गर्ने वा मोटोपना भएका र वंशमा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोगी भएकाले मृगौला नियमित जाँच गराउनुपर्छ । उमेरले ३० नाघेकाहरूले बर्सेनि एकपटक मृगौलाको स्थिति परीक्षण गराउँदा भविष्यमा देखिन सक्ने जटिलताबाट बँच्न सकिने उनको दाबी छ ।
बर्सेनि मृगौला परीक्षण
बर्सेनि एकपटक करिब सय रुपैयाँ पर्ने रगत र पिसाबको जाँच गराउँदा आफूलाई मृगौला रोग भए/नभएको यकिन गर्न सकिने वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा.ऋषि काफ्ले बताउँछन् । चार दशक नाघेका सबैले बर्सेनि एकपटक परीक्षण गराउनुपर्ने बताउँदै प्रा.डा.काफ्ले भन्छन्, 'मधुमेह र उच्च रक्तचापको बिरामीले उमेरको हद नहेरी बर्सेनि एकपटक यो परीक्षण गराउनै पर्छ ।'
यस्तै, परिवारमा मृगौला रोगी देखिएकाहरूले समेत उमेर २० वर्ष कटेपछि बर्सेनि एकपटक यसको परीक्षण गराउनुपर्छ ।
![]() |
Category: health
0 comments