लागू औषक ओसारेको अभियोगमा परेवा पक्राउ, ४० दिनको कैद हुने
![]() |

क्यालिफोर्निया–क्यालिफोर्नियाको सेन जोस सहरमा मंगलबार एउटा परेवा लागू औषध ओसार पसार गरेको अभियोगमा पक्राउ परेको छ । सो परेवा रिफर्मा पेनिटेंटिया वन्दीगृहका कैदीसम्म लागू औषध पुर्याउन प्रयाेग गरिएकाे अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बन्दीगृहका सुरक्षा गार्डले परेवाको शरीरमा १४/१४ ग्राम बन्द थैली बरामद गरेको छ । बन्दीगृहका निर्देशक पाल बर्टोजीले जेलको सुरक्षा गार्डले परेवाको शरीरबाट लागू औषधि फेला पारेको बताए । परेवाबाट नसालु पदार्थ बरामद गरेको उनले बताए । सो परेवा एक प्रशिक्षित रहेको बताइएको छ ।
पक्राउ परेको परेवालाई ४० दिनसम्म नियन्त्रणमा राखिने समाचारमा जनाइएको छ । यो कुनै नयाँ घटना भने होइन । यो भन्दा पहिला पनि लागू औषध प्रयोग गर्न नयाँ नयाँ तरिका अपनाइएको थियो ।
![]() |
Category: News
0 comments