Hindi Films

एसएसपी न्यौपानेको अन्तिम संस्कार, महिला प्रहरीले संझाउँदा छोरी चिच्याईन, ‘नाइँ जान्न, बाबाको मुख हेर्छु’ (फोटोफिचर)

Unknown | 06:32 | 0 comments


 कैलालीमा मारिएका वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेको मंगलवबार पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ । कैलालीबाट सेनाको हेलिकप्टरमा काठमाडौं ल्याईएको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिनका लागी गृहमन्त्री बामदेव गौतम,नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला,एमाले नेतृ विद्या भण्डारी, कांग्रेस नेता चन्द्र भण्डारी, आईजिपी उपेन्द्रकान्त अर्याल लगायतका प्रहरीका बरिष्ठ अधिकारीहरु आर्यघाट पुगेका थिए ।
kailalai sp last rite (16)न्यौपानैका शुभचिन्तक, प्रहरी परिवारका सदस्यहरु,आफन्त र नातागोताले आर्यघाट खचाखच भरिएको थियो ।
न्यौपानेको पार्थिव शरीरलाई केही समय महानगरीय प्रहरी वृत गौशालामा राखिएको थियो । उनको शव गौशालामा ल्याउनासाथ श्रीमती सहित परिवारका सदस्यहरु डाँको छोडेर रोएका थिए ।
kailalai sp last rite (12)आर्यघाटमा न्यौपानेको दाह संस्कारको प्रक्रिया शुरु गरेसँगै महिला प्रहरीले श्रीमती र छोरीलाई घरतिर लैजान खोजेकी थिइन् । त्यस्तोमा छोरीले चिच्याउँदै भनिन्, ‘नाईं जान्न मेरो बावाको मुख हेर्छु ।’
kailalai sp last rite (14)उनले यसरी चिच्याएको देखेपछि डिआइजी नवराज सिलवालले सोधे, ‘वहाँको छोरी हो ?’ ‘हो,’ उनका नजिकैकाले जवाफ दिए । उनको पीडा र चिच्याहट देखेर सिलवालको पनि आँशु थामिएन ।
उनलाई अन्तिम श्रद्धान्जली दिन पुगेका प्रहरी अधिकारी र आफन्तहले आर्यघाटमा मान्छे मात्रै धेरै भएनन् । पशुपति र त्यस आसपासका पार्किङ स्थलमा पनि सवारी साधनको भीड लागेको थियो ।
kailalai sp last rite (15)kailalai sp last rite (13)kailalai sp last rite (11)kailalai sp last rite (10)kailalai sp last rite (9)kailalai sp last rite (8)kailalai sp last rite (7)kailalai sp last rite (6)kailalai sp last rite (5)kailalai sp last rite (4)kailalai sp last rite (3)kailalai sp last rite (2)kailalai sp last rite (1)kailalai sp last rite (17)
 

Category:

0 comments