Hindi Films

एमआरपी अनिवार्य विदेशमा हुनेले के गर्ने पुरा पद्नुहोस थाहापाई राख्नुस

Unknown | 10:38 | 0 comments


काठमाडौं, मंसिर ८ । विश्वभर मंगलबारदेखि हस्तलिखित राहदानी चल्न छाडेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन आइकाओको बाध्यकारी नियमअनुसार बारकोड नभएको अर्थात् हस्तलिखित राहदानी नोभेम्बर २४ देखि विश्वभर नचल्ने भएको हो । म्याद र भिसा भएका हस्तलिखित राहदानी पनि नचल्ने भएकाले मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य बनाउन राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
 द्रुतरुपमा पाँच दिनमै राहदानी वितरण गरिने उनले हामीलाई बताए । हस्तलिखित राहदानी बोकेर विदेश जान नपाए पनि तत्कालका लागि स्वदेश फर्कन भने समस्या नहुने महानिर्देशक थापाले बताए । विदेशमा रहेका नेपालीलाई सीधै नेपाल आउने उडानबाट स्वदेश फर्कन समस्या नपर्ने र ट्रान्जिट पर्ने उडानबाट फर्कनका लागि पनि छलफल भइरहेको उनले जानकारी दिए । भिसा हस्तलिखित पासपोर्टमा लागेको छ र नयाँ एमआरपी बनेको छ भने दुबै राहदानी बोकेर हिँड्न विभागले आग्रह गरेको छ । 
 हस्तलिखित राहदानीको म्याद सकिएको अवस्थामा विदेशमा रहेका नेपालीलाई एमआरपी नबनुन्जेलसम्म तत्कालका लागि सम्बन्धित देशमा रहेका दूतावासमार्फत् अस्थायी राहदानी दिने व्यवस्था गरेको विभागले जनाएको छ ।
 सरकारले पाँच वर्षअघि एमआरपी सुरु गरेको थियो । पाँच वर्षको अवधिमा झन्डै ३८ लाख एमआरपी बनेको विभागले जनाएको छ । ३८ लाखमध्ये १७ लाख राहदानी एमआरपीबाट प्रतिस्थापन भएको थापाले बताए ।

Category:

0 comments