Hindi Films

प्रचण्डले तत्काल गरेका १० गोल (युवराज लामाको समीक्षा)

Unknown | 09:59 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

प्रचण्डले तत्काल गरेका १० गोल (युवराज लामाको समीक्षा)

प्रचण्ड नभएको भए … !
युवराज लामा ।
भुकम्पपछि प्रचण्डले गरेका सफल कामको फेहरिस्त प्रस्तुत गरेको हुँ ।
नेपालको राजनीतिक इतिहास संझिदैगर्दा मलाई केही राजनेताका संवन्धमा मनभरी प्रश्नहरु आउने गरेका छन् । जस्तो – वीपी नभएको भए ? पुष्पलाल नभएको भए ? अनि कहिलेकही लाग्छ, मदन भण्डारी भएको भए ? यी तमाम प्रश्नका जवाफ पनि मैले मन भित्र संगालेको छु । इतिहास छोडेर वर्तमानमा आउँदा भने प्रचण्डका संवन्धमा यस्तो प्रश्न आउने गरेको छ । प्रचण्ड नभएको भए … ?
मैले यो प्रश्नको जवाफ खोज्दैगर्दा आफ्नो पार्टीको अध्यक्षलाई सन्काएछ भन्ने धेरैलाई लाग्न सक्छ । धेरैले अली तल ओर्लेर चाकडी बजाएछ भन्लान् । तर यो जवाफ नलेखि मन हलुका नहुने भएकाले लेख्दैछु ।
एक जना लेखकले भन्थे – ‘प्रचण्डको वारेमा लेख्न बस्दा छोटो लेखमा पुरा गर्न ज्यादै अफ्टेरो हुन्छ ।’ त्यस्तो अफ्टेरोको बाबजुद पनि मैले के विषय छानें भने – ‘प्रचण्ड नभएको भए के हुन्थ्यो ?’ बैशाख १२ गतेको भुकम्प पछि प्रचण्डले गरेका कामहरुको फेहरिस्तलाई एकै ठाऊँ समेट्ने प्रयास गरेको हुँ ।
यसक्रममा मैले यी १० जवाफ फेला पारेको छु ।
(जनयुद्धका सहयात्रीहरु बिभिन्न नाममा टुक्रिने र विभिन्न हिसावमा प्रचन्डलाई कमजोर बनाउने अभियानमा लाग्दा लाग्दैपनि ।)
यी हुन् १० गोल
१, राष्ट्रिय समीकरण र सहमती कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान जारी गर्न सफल ।
२, राष्ट्रियताको पक्षमा प्रधानमन्त्रीमा केपी ओली निर्बाचित गर्न सफल ।
३, सभामुखमा आदिबासी महिला ओन्सरी घरती मगर निर्बाचित गर्न सफल ।
४, माओवादी पोल्टामा महत्वपूर्ण ८ मन्त्रालय लिन सफल ।
५, प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारी निर्बाचित गर्न सफल ।
६, पूर्व जनसेना प्रमुख नन्द बहादुर पुनलाई उपराष्ट्रपतिमा निर्बाचित गर्न सफल ।
७, सरकार सञ्चालनको लागि उच्च राजनीतिक संयन्त्र वनाउँदै त्यसको संयोजक हुन सफल ।
८. राष्ट्रियताको मुद्धामा राष्ट्रबादी र कम्यूनिष्ट दलहरुको नयाँ समिकरण र प्रयोग गर्न सफल ।
९. पेट्रोलियम पदार्थमा भारतीय एकाधिकार तोड्दै चीनसँग संझौता गराउन सफल ।
१०. राष्ट्रियताको मुद्धामा चट्टानी अडान लिंदै अब्बल राष्ट्रबादी नेता बन्न सफल ।
दीर्घकालीन गोलहरु
१. जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र स्थापना ।
२. संघीय शासन ब्यवस्थाको स्थापना ।
३. समावेशी र समानुपातिक प्रतिनिधित्वको ब्यवस्था ।
४. आदिबासी, जनजाती, मधेसी, दलित र पिछडा वर्गको पक्षमा धेरै अधिकार संविधानमा उल्लेख भएका ।
(जनयुद्धले दिएको राजनीतिक चेतना र अन्य खाले विकासको पाटोलाई यहाँ लेखाजोखा गरिएको छैन ।)
प्रचण्ड मात्रै यस्ता नेता हुन्, जसले विगतमा गरेका गल्ती–कमी कमजोरी स्वीकारेर सार्वजनिक रुपमा माफी माग्न माग्न सक्छन् । उनीजती सक्रिय, चलायमान र गतिशील नेता समकालीन राजनीतिमा अर्को देखिएको छैन भन्दा अतिउक्ति नहोला ।
र, प्रचण्डले गरेका गोलहरुको चर्चा गर्दा कतिपयलाई लाग्न सक्छ, यो उनले एक्लै गरेको गोल होइन । हो, गोल अक्सर एक्लै पनि गरिन्न । टिमको सहयोग चाहिन्छ नै । प्रचण्ड अहिलेलाई किङमेकर पनि हुन् ।
म उनलाई नेपाली राजनीतिको ‘म्याराडोना’ भन्न रुचाउँछु 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments