७२ घण्टामा दिल्ली र कानपुर ध्वस्त पार्ने धम्की,
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । छुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइइस)ले ७२ घण्टा भित्र राजधानी दिल्ली र कानपुर रेल स्टेसन ध्वस्त पार्ने धम्की दिएपछि भारतभर हंगामा भएको छ ।
उस्ले यी दुई स्थानको अलवा विभिन्न शहरहरुमा पनि आक्रमणको धम्की दिएको छ ।
विश्वकै शक्तिशाली आतंकवादी संगठनका रुपमा देखिएको आईएसले दिएको धम्कीलाई लिएर भारतीय मिडियाले उच्च प्राथमिकताका साथ समाचार लेखेका छन् ।
आईएसको धम्कीपछि रेल्वे सुरक्षा बलले दिल्ली एनसीआर समेत सबै आरपीएफ पोस्टलाई अलर्ट गरेको छ भने सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
आइएसले क्रिसमस मनाइएका स्थानहरुमा हमला हुनसक्ने धम्की पटक पटक दिदै आएको छ । उस्ले क्रिसमस मनाउनेलाई छानेर कारबाही गर्ने बताएको छ ।
आइएसको निरन्तरको धम्की पश्चात् भारतीय रेल अधिकारिहरुले आरपीएफलाई रेल्वे स्टेशनमा कडा चेकजाँच गर्न निर्देशन दिएका छन् । आरपीएफले रेलवे स्टेसनमा कडा चेकजाँच सुरु भएको छ ।
आइएसको धम्कीपछि कानपुर र दिल्लीका स्थानीयले रेल चड्न छाडेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments