Hindi Films

मधेसका गाउँहरु सिके राउतको कब्जामा ,६ महिनाभित्र देश टुक्र्याउने ‘खतरनाक प्लान’

Unknown | 04:57 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

 

मधेसी दलहरु र प्रशासन नाकामा केन्द्रित हुँदा मधेसका गाउँहरु सिके राउतको कब्जामा

Published At: 28 Dec, 2015
काठमाडौं, १३ पुस । मधेसी मोर्चामाआवद्ध दलहरु नाकामा बसेर अवरोध गरिरहँदा मधेसका गाउँ-गाउँमा विखण्डनकारी आन्दोलन चलिरहेको छ । ६ महिनाभित्र मधेसलाई नेपालबाट अलग्याएर स्वतन्त्र देश बनाउने भन्दै सिके राउत नेतृत्वको ‘स्वतन्त्र मधेस गठबन्धन’ले विखण्डनकारी आन्दोलन चलाएको हो ।
CK Raut
यसक्रममा सिके राउतले मधेसका विभिन्न जिल्लाहरुमा पुगेर जनमत संग्रह गरिरहेका छन् । गाउँ-गाउँमा निर्वाचन गर्ने तथा मधेसमा आफ्नै सरकार गठन गरेर अन्तराष्ट्रिय मान्यताका लागि आह्वान गर्ने राउतको योजना छ ।
मधेस आन्दोलनका कारण मधेसी मोर्चाका कार्यकर्ता नाकामा र नेताहरु राजधानीमा रहेका बेला मधेसका गाउँहरु भने विखण्डनकारीको कब्जामा पुग्न थालेको छ । प्रहरी प्रशासनसमेत नाका र राजमार्ग क्षेत्रमा क्रियाशील रहेकाले भित्री गाउँहरुमा विखण्डनकारीहरुले निर्वाद अभियान चलाइरहेका छन् ।
CK Raut 1
यसक्रममा कतिपय स्थानमा त सिके राउतको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । सिके राउतहरुले गाउँ-गाउँमा पुगेर निर्वाचन गरिरहँदा प्रशासन बेखबर छ ।
CK Raut Election
साथै सिके राउतले देश टुक्राउनका लागि युवा दस्ता पनि बनाएका छन् । युवा दस्ताका लागि विभिन्न ठाउँमा प्रशिक्षण चलिरहेको छ ।
CK Raut 3

यस्तो छ, सिके राउतको विखण्डनकारी प्लान:

स्वतन्त्रता आन्दोलनको स्वरुप (Concrete Plan)

१. पहिलो चरणमा जनतामा गएर कोणसभा, जनसभा, आमसभा गरेर उनीहरुलाई स्वतन्त्रताका बारेमा जागृत गराउने । स्वतन्त्रताको बाटो देखाउने, स्वतन्त्रता आन्दोलनका लागि एकतावद्ध जनमत तयार पार्ने, साथै अन्तराष्ट्रिय समुदायको मत तथा समर्थन पनि ‘स्वतन्त्र मधेस’को पक्षमा तयार गर्ने ।
२. दोस्रो चरणमा मधेसमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्ने ।
क) उच्चस्तरीय राजनैतिक सुझाव समिति: विभिन्न राजनैतिक दलका राजनीतिज्ञ, बुद्धिजिवी, उद्योगपति, नागरिक समाज समेटेर
ख) मधेस संवैधानिक सुझाव समिति : भूतपूर्व न्यायाधीश, कानूनविद्, संविधानविद् र वकीलको सहभागितामा
ग) मधेश निर्वाचन आयोग: भूतपूर्व न्यायाधीश, निर्वाचन आयुक्त आदिको नेतृत्वमा
यसका साथै गठबन्धनको नेतृत्वमा आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माण हुनेछ ।
३. तेस्रो चरण
क) ‘मधेस संविधान सभा/संसद ‘ निर्वाचनको घोषणा गर्ने तथा त्यसलाई ३ देखि ६ महिनामा चरणवद्ध रुपमा सम्पन्न गर्ने ।
(ख) मधेस संसद तथा सरकार गठन गर्ने ।
(ग) अन्तराष्ट्रिय मान्यताका लागि आह्वान गर्ने ।
सिके राउतको राष्ट्रघाति प्लानमा अघि लेखिएको छ:
५०% भन्दा बढी मत खस्यो भने स्वत: जनमत संग्रहको काम हुनेछ, किनकी जसले भोट हाल्नेछन् उनीहरुले स्वतन्त्र मधेसको सरकारका लागि मत हालेको ठहरिनेछ । निर्वाचित सरकार चुनिएपछि अन्तराष्ट्रिय समर्थन मिल्न पनि सहज हुन्छ ।
यस प्रक्रियाद्वारा मधेस ६ महिना भित्र स्वतन्त्र देश हुनसक्छ ।
यसअघि पटक-पटक पक्राउ परेर छुटेका सिके राउत अहिले मधेसी दल र सरकारबीच बढ्दो तनावको बीचमा विखण्डनकारी अभियानमा सक्रिय छन् । राज्यले यसतर्फ छिट्टै ध्यान दिन जरुरी छ ।


Source: Sajahpost



पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments