ओछ्यानमा मुढो झैं लडेका गोविन्द सहयोगी हातको पखाईमा
|
रामचन्द्र नेपाल
हल न चलको अवस्थामा रहेका गोविन्दलेे बेडबाटै भने, ‘ल है, नयाँ वर्षको शुभकामना ।’ ‘तपाईंलाई पनि शुभकामना’ भन्नेसम्म आँट भएन मलाई । कसरी भन्ने । उनी मुढो लडेजस्तै लडेका छन् बेडमा । म सुटबुटमा उनलाई भेट्न पुगेको छु, हातमा ओरेन्ज जुस वोकेर ।

‘अहिले कस्तो छ ?’
प्रश्न र्झन नपाउँदै उनको जवाफ आयो, ‘जीवनसँग लडिरहेको छु । सघर्षै-सघर्षको बीचमा जीवन काटिरहेको छु ।’ फेरि पनि म अवाक् बन्नपुगेँ ।
प्रश्न र्झन नपाउँदै उनको जवाफ आयो, ‘जीवनसँग लडिरहेको छु । सघर्षै-सघर्षको बीचमा जीवन काटिरहेको छु ।’ फेरि पनि म अवाक् बन्नपुगेँ ।
रोजगारीको लागि विदेशमा पुग्नेहरुका सपना लगभग लगभग उस्तै-उस्तै हुन्छन् । विदेश गएर मनग्गे पैसा कमाउने र बाँकी जीवन सुखले काट्ने । तर भाग्य सबैको उस्तै पो कहाँ हुँदोरहेछ र । चार वर्षअगाडि वैवाहिक सम्वन्धमा बाँधिएका गोविन्दको तीन वर्षको छोरासमेत छ । पछिल्लो नेपाल बसाइमा छोराको तोतेबोली सुनेर आएका गोविन्दका सपनाहरु यतिवेला एकाएक तुहिन पुगेका छन् ।
रसुवाको भोर्ले- ६, रुप्सेपानीमा छ गोविन्दको घर । वैदेशिक रोजगारीमा हिँडेको पनि लगभग ११ वर्ष भैसक्यो । यो अवधीमा कैयौपटक उनी नेपाल पुगेका छन् । आउजाउ भैरहन्थो । स्वदेशमा परिवारसित बसेर जीवन काट्ने रहर उनको पनि थियो, तर परिबन्दले गर्दा उनले मलेसियालाई छाड्न सकेनन् ।
जून १६, २०१५ । यो दिन जीवनको कहिल्यै पनि बिर्सन नसक्ने दिन बन्न पुग्यो गोविन्दका लागि । बिहान घाम चर्कन सुरु भैसकेको थियो । विहान करीव ९ वजेतिर उनी साईकल चढेर काममा जादै थिए । हर्तमास पब्लिका अगाडिको ट्राफिक लाइटमा रातो वत्ती वोलेपछि उनले साइकलको ब्रेकलाई च्यापे । साईकल रोकियो । तर, त्यति न बेला विपरित दिशावाट आएको कारले उनी र उनको साइकललाई बेस्सरी दनक दियो ।
त्यसपछि गोविन्दले केहि पनि थाहा पाएनन् । चार दिनपछि होस खुल्दा उनले आफुलाई अस्पतालको बेडमा पाए । शरीरका अधिकांश भागमा पट्टी लगाइएको थियो । टाउको उठाउन खोजे, तर सकेनन् । पछि थाहा भयो, घाँटीका तीन वटा हड्डी भाँचिएका रहेछन । देव्रे खुट्टामा रड हालिएको रहेछ । दुवै हात चलाउन मिल्ने अवस्थामा थिएनन् ।
उनले निकै दिनसम्म बरबरी आँशु खसाली रहे । उनको आँशुपुछि दिने कोही भएन । अस्पतालमा थिए अपिरिचित नर्स र डाक्टरहरु मात्र । उनले आफुलाई निकै सम्हाल्न खोजे । तैपनि आँशु बग्न छाडेन । भारतमा श्रम गरिरहेका बाबु, घरमा भातभान्सा गरिरहेकी आमा, विहे गरेर गएकी बहिनी, पढ्दै गरेको भाई, अनि श्रीमती र छोराको झल्को आँखा अगाडि नाचिरह्यो, आँशु झरिरह्यो ।

गोविन्दको दुर्घटनाको खबर पुगेपछि नेपालमा रुवावासी शुरु भयो । उनलाई सम्हाल्छ कोही न कोही त मलेसीया आउनु पर्ने नै भयो । सबैको सल्लाहले गोविन्दका भाई सन्तोष मलेसिया गएर दाईको सेवा गर्ने परिवारले टुगो लगायो ।
तर, मलेसीया आउन तुरुन्तै सम्भव पनि थिएन । भिसाको प्रोसेसदेखि पैसाको जोहो गर्न केहि समय लाग्यो ।
तर, मलेसीया आउन तुरुन्तै सम्भव पनि थिएन । भिसाको प्रोसेसदेखि पैसाको जोहो गर्न केहि समय लाग्यो ।
त्यसमाथि गोविन्दको कमाई समेतले जग्गा किनेर बनेको घर भुकम्पले भत्कादिएको थियो । भत्किएर लथालिंग भएको घर पनि मिलाउनु पर्ने काम अझै बाँकी नै थियो । जसोतसो ऋणधन गरेर करीव दुई लाख रुपैया बोकेर दाई दुर्घटनामा परेको २५ औ दिनमा भाई सन्तोष मलेसिया आइपुगेका छन् ।
नेपालमा जे सुनेका थिए सन्तोषले, त्योभन्दा खराब पाए दाईको अवस्था । दाजुभाई अंकमाल गरेर निकैबेर रोए । त्यसपछि दाईको सेवामा सन्तोष निरन्तर जुटिरहेका छन् । पारिवारीक माया र ममताबाट यतिवेला गोविन्द केहि तगि्रएका छन् । तर भाई सन्तोष भने भिसाको भ्याद सकिएर अवैधानिक भइसकेका छन् । वाहिर निस्किएर साथीभाई र सहयोगको लागि कुराकानी गरौं भन्दा पनि उनले सकिरहेका छैनन् । ६ महिनादेखि उनी केवल दाजुको सेवा गरेर बसिरहेका छन् ।
गोविन्दको उपचारको लागि उनी काम गर्ने कम्पनीले पहिलोपटक आठ हजार रिंगेट खर्च गरेको थियो । विरामी परेपछि तीन महिना सम्मको पुरै तलव दिएको थियो । साथीभाई सँगको सरसापट र सहयोगबाट उनले पहिलोपटक लागेको साढे सत्र हजार रिंगेट (करीव साढे चार लाख) अस्पतालमा वुझाइसकेका छन । तर अस्पतालको विल फेरि एकाउन्न हजार रिगेट (करीव तेह्र लाख) उठिससकेको छ । अस्पतालले गोविन्दलाई दुई वर्षसम्म प्रतिमहिना एक्काइस सय रिंगेट (करीव पचास हजार) बुझाउनुपर्ने सर्त राखेको छ । सकिनसकी ऋण खोज्दै उनले अस्पतालमा विल भरिरहेका छन् ।
गोविन्दका भाई पाँच महिना अगाडि नेपाली दुतावास पनि पुगेका रहेछन् । ‘दूतावासले अस्पताललाई पैसा छुट गराउन पहल गर्ने आश्वासन दियो, तर काम गरेन,’ सन्तोष भन्छन् । उनी फेरी दुतावाससम्म पुग्न पनि सकेका छैनन् । दूतावासले पनि खोजीनिति गरेको छैन ।
केहि समयअगाडि अस्पतालबाट डिस्चार्ज भएर दाजुभाई छुट्टै कोठा भाडामा लिएर बसिरहेका छन् । हप्तामा दुईपटक अस्पतालसम्म पुगेर उनले नियमित चेकजाँच र शारिरीक अभ्यास गराउनुपर्छ । अस्पतालसम्म जानको लागि उनको कोठासम्म नियमित रुपमा एम्वुलेन्स आउने गरेको छ । दाहिने हातको चोरी औला बाहेक केहि पनि नचल्ने अवस्थाबाट केहि सुधारहरु हुदै आएका छन् । खाना खानको लागि अस्पतालले हातमै जोडेर चम्चाजस्तो बनाइदिएकाले अचेल आफै खाना खान्छन् । पिसाव पाईपबाटै संकलन गर्ने गरिएको छ भने औषधी राखेर दिसा गराइएको छ ।
विदेशको भूमिमा यसरी हण्डर खाए पनि गोविन्दले हरेस भने खाएका छैनन् । छुट्टनिे बेलामा उनले भने, ‘मिडियामा पुगेपछि सहयोगी मनहरु आउलान् नी ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments