नेपालआमा! आज म तिम्रो गर्भको कसम खाएर भन्छु-तिम्रो कोखबाट नवीन नेतृत्व जन्मिनु पर्छ -Navin Yadav
|
लगातार 3 महिनादेखि चलिरहेको सशक्त मधेश आन्दोलन अनि भारतको अमर्यादिद एवं अमानविय नाकाबन्दीका कारण सारा देश आक्रान्त छन् ! जताततै त्रासै त्रास छाएका छन् ,दैनिक उपभोगीय बस्तु,शिक्षा,औधोगिक एवं स्वास्थ्य सबै क्षेत्र नराम्ररी प्रभाभित बनेका छन् ! देशको आर्थिक स्थिति झन् कैयौ बर्ष पछाडी धक्लिएको छ जसलाई सन्तुलनमा ल्याउन कति दशक लाग्न सक्छ याकिन गर्न गाह्रो छ,यसलाई माथि उकास्नको त झन् कुरै छोड्म!
नया संबिधान आएकै दिन देखि नै देशमा यस्तो संकट अनि चरम समस्या आउनुले,आफ्नै देशमा बसोवास गर्ने आधि जनसंख्याले संविधानको स्वागत गर्नु अनि आधा जन्सख्याले बिरोध गर्नुले हाम्रा देशका बाघडोर सम्हालेका नेतृत्व असफल रहेको बास्तबिकता प्रस्ट भएको देख्न सकिन्छ भने यता प्राकृतिक, भू-बनोट अनि बिबिध भेष-भुषा,भाषा अनि संस्कृत झैँ हाम्रा नेपालीपन अनि देश्भाक्तिपना पनि एक नरहेको र हामी सबैको नेपालीमनमा धड्किने देश र देशबाशी प्रतिको भावना एक नभएको पनि साबित भएको छ! त्यसैले त हाम्रो देश अहिले भुमरीमा परेका पातहरुझैँ गन्तव्यहीन र दिशाहीन भएको छ आज!
त्यसैले त आफ्नो स्वार्थका निमित राजनीति गर्ने हरुले अहिले अवसर पाएका छन्-दाजुभाइ बीच महाभारत गराउने षड्यन्त्र रचेर! अबैज्ञानिक एवं अव्यवस्थित संघियता, संबिधानमा समबेशिता अनि असक्षम नेतृत्व ले जन्माएको अवस्था हो यो! हाम्रो देश बहु भाषा,बहु जाति,बहु संस्कृतिको देश भएको बास्तबिकतालाइ विश्वमानचित्रमा यथाचित राख्न सबैलाई समेटेर सबै छेत्रका नेपालीको अवाज अनि धड्कन बन्न सक्नु पर्छ हाम्रो संबिधान,हाम्रो नेतृत्व,हाम्रो सिद्धान्त !नत्र यस्तै अवस्था रहे शिरमा हिमाल,छातिमा पहाड अनि पाइलामा मधेश भएर पूर्णता पाएको हाम्रो देश कालान्तरमा अपाङ्ग नहोलान भन्न सकिन्न! रास्ट्रीयता राष्ट्र गानमा मात्र होइन हाम्रो व्यवहारमा हाम्रो सिद्धान्त अनि हाम्ले गर्ने प्रत्येक क्रियाकलापमा निहित हुनु पर्छ!
आफ्नो व्यक्तिगत स्वार्थलाई तिलान्जली दिई देशका निम्ति हासी हासी फासी चढेका ति वीर शहिदका समर्पण अनि बलिदानको त्यतिबेला मात्र सम्मान हुनेछन जब हाम्रो देशको नीति अनि सिद्धान्तमा सबै नेपालीको साझा सहभागिता अनि आफ्नोत्वको भावना हुनेछन,जब पहाडलाई चोट लाग्दा मधेश दुख्नेछ्न अनि मधेश को दुखमा पहाड! देशमा बिधमान समस्या अनि बेचैनिको सामधान गर्न ठोश निर्णय गर्न नसक्ने अनि देशलाई आफ्नो स्वार्थ मेट्ने ढुकुटी मात्र ठान्नेहरुलाई कुनै अधिकार छैन नेतृत्व गर्न !नेतृत्व गर्नेहरुले त जस्तो सुकै विषम परिस्थितिमा पनि देशलाई निकास दिलाउन सक्नु पर्छ,जनताको आवाज बन्न सक्नु पर्छ, देशको घाउ लाइ तुरन्तै मल्हम-पटी लगाएर ठिक गर्न सक्नु पर्छ ना कि सानो घाउलाई क्यान्सर बन्न दिएर! यस्तै नेतृत्वहरुले गर्दा नै फोहोर राजनीति गर्नेको संख्या दिनानुदिन बढ्न थालेको छ अनि पिडित छन् त केवल निर्दोष जनता !
म त भन्छु हाम्रो देशको संघियताको सिमा सिमांकन पहाड र मधेश दुवै मिश्रित हुनु पर्छ ता कि पहाड र मधेश दुबैका चाल,चलन,संस्कृति ,रिति रिवाज साटा साट होउन, जिबन्त रहुन!आपसी सदभाब एवं आत्मियता कायम रहुन! निर्बाचन क्षेत्र जनसंख्या र भूगोल दुबैलाई अध्ययन गरि व्यवस्थित रुपमा छुट्याउन ता कि बढी जनसंख्या ओगट्ने र बढी जोखिम छेत्रमा बसोबास गर्ने दुबैको सम्मान होस्!नागरिकता को प्राबधान मा गंभिर ध्यान दिई अङ्गिक्रित्ले राज्य बाट पाउने सुख सुबिधा,अधिकार एवं अनेकन क्षेत्रमा सहभागिताको सिमा पनि तोकी यसलाई पनि व्यवस्थित गरियुन! देशमा बसोबास गरेका सबै नेपालीको आवाज बन्न सकुन हाम्रो देशको संबिधान! हाम्रा देश का नेतृत्व लिनेले शपथ ग्रहणका बेला पढाइका ति शब्दहरु लाइ सम्मान गर्दै कार्न्यब्यन गर्न सकुन ! अनि ''हिमाल पहाड तराई, कोहि छैनन् पराइ"भन्ने हाम्रा नारा नेताका भाषण अनि किताबका पानामा मात्र सिमित नरहून,यसलाई व्यवहारमा उतारेर अघि बढ्न सके अनि मात्र बन्छ हाम्रो देश अनि मात्र बन्छौ हामी नेपाल आमाका वीर देशभक्त सपुत!
सत्ताको डोरी हातमा लिनेले नायबी सिनोमा लोभिएर देशकै पुजारी बन्न खोजेको यस बिसम परिस्थितिमा देशलाई नवीन देशभक्त नेतृत्व चाहिएको छ - जसले कुरा कम अनि काम बढी गरुन,देशमा बिधमान समस्याको बैज्ञानिक एवं व्यवस्थित तवरले समाधान दिलाउन सकुन,आफ्नो राष्ट्रगानको सम्मान गर्न सकुन,हाम्रा बिबिध पहिचानलाई सिरोधार्य गरि सबैको साझा नेपाल बनाउन सकुन ,देशमा प्रजातन्त्र-गणतन्त्र स्थापनाका निमित सिउदो पुछिएका ति सिउदोहरुको,आफ्ना सन्तान गुमाउने ति आमाहरुका कोख अनि टुहुरा बनेका ति बाबुहरुका आशाका दियो बन्न सक्ने नेतृत्वको पर्खाइमा छन् हाम्रा बाझा माटो!यी सब परिवर्तनका निम्ति एक मात्र विकल्प छ नवीन नेतृत्व!त्येसैले नेपालआमा आज म तिम्रो गर्भको कसम खाएर भन्छु-तिम्रो कोखबाट नवीन नेतृत्व जन्मिनु पर्छ -
जसले तिम्रो अश्मिता को रक्षा गर्ने छन्,तिम्रा सबै सन्तानका आशाका दियो बन्नेछन !
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: gossip
0 comments