Hindi Films

नेपाल र भारतमा शक्तिशाली भूकम्पको धक्का

Unknown | 15:53 | 0 comments

सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भारतको पश्चिमबंगालस्थित मनिपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ । पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ । भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ । समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही भूभागमा भौतिक क्षति पु¥याएको छ । क्षतिको विवरण भने आइसकेको छैन। पूर्वोत्तर भारतमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । म्यान्मारमा ६.७ मापन गरिएको छ । असम, बंगाल, अरुणाञ्चल, बिहार, झारखन्डसहितका इलाका झट्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Category:

0 comments