Hindi Films

ओली मोदी भेटमा नेपालीले गर्व गरेका चर्चित तस्बिरहरु यस्ता छन्

Unknown | 10:37 | 0 comments


औपचारिक स्वागतकै क्रममा मोदीले हात जोडेर नमस्कार गरिरहदा प्रधानमन्त्री ओली भने हात नजोडि हेरिरेको दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएको छ । मोदीले सम्मानित ढंगले हात जोड्दा ओली पत्नी राधिका शाक्यले मुस्कुराउदै हात जोडे पनि ओलीले भने हात जोडेका छैनन् । यही तस्बिरलाई विषय बनाएर शनिबार दिनभर ओली र मोदीको भेटवार्ताले सामाजिक सञ्जालमा चर्चा पायो ।

kp-oli-and-Narendra-modi1111
रामजी बलामी फेसबुकमा तस्बिर पोष्ट गर्दै लेख्छन्, ‘वास्तविकता जे भए नि गर्व लाग्ने फोटो हो यो, ‘नाकाबन्दी गरेर दुःख दिए, माफ पाऊँ हजुर’ भने कि क्या हो ।
त्यस्तै, पत्रकार प्रकाश तिमल्सिना ट्वीटरमा लेख्छन्, ‘अहिलेसम्मका गतिविधि हेर्दा केपी ओलीको भ्रमण उपलब्धी मूलक नै छ । नेगेटिभ हुन कुनै जरुरी छैन । बरु वर्ग गर्न लायक छ । बाँकी हेर्दै जाऊँ ।’
अर्को तस्बिर पनि चर्चामा
अर्को तस्बिरमा भने प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्दै गर्दा मोदी पछाडि उभिएका छन् । हात अगाडि राखेर गार्डको शैलीमा उभिएका मोदीलाई व्याङ्ग्य गरिएको छ भने हस्ताक्षर गर्दै गरेका ओलीलाई समेत व्यङग्य गरिएको छ । ट्वीटरमा मिस्टर किरण तस्बिर सँगै ट्वीटर गर्छन्

Modi-with-Oli1
मोदीः सर कुन चिया ल्याऊ । कालो कि सेतो ?
ओलीः चूप धेरै हल्ला नगर । मलाई एसएलसीको नोट बनाउनु छ ।’ मिस्टर किरणको सो ट्वीटलाई दुई घण्टामा ९८ जनाले रिट्वीट गरेका छन् ।
तस्बिर नम्बर ३
यो तस्बिर भने कुनै भिडियोबाट तानिएको छ । जुन तस्बिरमा मोदी झुकेर हात मिलाइरहेका छन् भने ओली ठाडो शिर लगाएर हात मिलाइराखेका छन् । यो तस्बिरका विषयमा समेत सामाजिक सञ्जालमा अनेकन टिका टिप्पणी भइरहेका छन् ।

next photo modi with kp oli1सामान्य नागरिक नाम गरेका युजर ट्वीटरमा लेख्छन्, ‘तस्बिरले प्रस्ट पारिदियो, आज मोदी झुकिरहेका छन् । किनकि नेपालीको झुक्ने बानी छैन । । त्यसमा पनि झापाली केपी ओली ।’

Category:

0 comments