विश्वकै ठूलो जहाज
![]() |
एजेन्सी: हवाइजहाज चढ्नेको संख्या बढिरहेको बेला विश्वकै सबैभन्दा ठूलो जहाजको आउने भएको छ। एयरल्यान्डर १० नाम दिइएको यो जहाज झट हेर्दा ब्रिटिस फ्लाइङ जस्तो देखिन्छ । यो जहाजमा ४५ मिटर लामा ८ वटा बसहरु सजिलै अटाउन सकिनेछ।

विशेष गरी ठूला ठूला गाडी र सवारी साधनहरु एक ठाउँबाट अर्को ठाउँमा ढुवानीका लागि यो जहाज बनाइएको हो।
यसमा यात्रु भन्दा ठूला ठूला इन्जिन भएका सामानहरु ढुवानी गरिने छ ।निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको यो एयरल्यान्डर १० को पहिलो उडान इङ्ल्यान्ड गरिने बताइएको छ।

यो एयरल्यान्डर १० जहाजको लम्बाइ ९१.५ मिटर रहेको छ भने २६ मिटर अग्लो उचाई रहेको छ।
यतिमात्र होइन जब यो एयरल्यान्डर १०मा हिलियम भरेपछि ६ हजार ९६ मिटरको उचाईसम्म उडान भर्नसक्ने बताइएको छ।

यात्रु भने ४८ जनामात्र बोक्न सक्ने गरी बनाइएको यो जहाजले रिमोट कन्ट्रोको माध्यमबाट तीन हप्तासम्म उडान भर्न सक्नेछ।



![]() |
Category: News
0 comments