Hindi Films

प्रकाशमान र सिटौलालाई उपसभापति बनाउने रामचन्द्रको धोको अधुरै, शेरबहादुरलाई हुने भो यस्तो फाइदा

Unknown | 03:00 | 0 comments


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैन । बैठक बस्न नसक्नुको कारणका रुपमा भने विधान संशोधन प्रस्ताव बनेको छ ।
कार्यवाहक सभापति रामचन्द्र पौडेलको जोडबलमा पदाधिकारी थप्नेगरि ल्याइन लागिएको प्सतावका बारेमा शीर्ष नेताबीच छलफल भैरहेको छ ।
बैठकमा शेरबहादुर देउवाले पदाधिकारी थप्ने भए महाधिवेशनबाट दुई तिहाइले विधान संशोधन पास गरेर देखाउन भनेका थिए ।
उनले महाधिवेशन सकिएपछि महासमिति बैठक बोलाएर मात्रै पदाधिकारी थप्ने तर, अहिले कुनै हालतमा थप्न नहुने अडान लिएपछि लगभग पदाधिकारी नथप्ने गरि विधान संशोधन हुने भएको एक नेताले बताए ।
संस्थापन भित्रै महामन्त्री द्धय प्रकाशमान सिंह र कृष्ण सिटौलाले समेत पदाधिकारी नथप्ने अडान लिएपछि हालकै पदाधिकारीलाई यथावत् राख्नेगरि विधान संशोधन हुन लागेको ती नेताले बताए ।
(From left) Nepali Congress senior leader Sher Bahadur Deuba, acting President Ram Chandra Paudel and General Secretary Krishna Prasad Sitaula at a party meeting, in Kathmandu, on Sunday, February 14, 2016. Photo: RSS
पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडलेलले एक बरिष्ठ उपसभापतिमा प्रकाशमानलाई चुनाव लडाउने र मनोनित उपसभापतिमा कृष्ण सिटौला र सुजाता कोइरालालाई ल्याउने र सात सहमहामन्त्री बनाएर आफ्ना आकांक्षीहरुलाई मिलाउने तयारी गरेका थिए ।
तर, सिटौला र सिंहका बीचमा को सिनियर भन्ने इगोका कारण र देउवाको दवावका कारण पौडेलको यो सपना भने अधुरै हुने भएको छ ।
पदाधिकारी नथपीदा संस्थापनमा झगडा हुने र त्यसको प्रत्यक्ष फाइदा आफुलाई पुग्ने देउवाको विश्लेषण छ । उनको समुहमा पदाधिकारीमा खासै समस्या छैन ।
शीर्ष बैठकमा पार्टीको नीति तथा कार्यक्रमका बारेमा पछि छलफल भैरहेको बताइएको छ । केन्द्रीय समितिको बैठक अबेरसम्ममा बस्ने बताइएको छ ।


Category:

0 comments