मलाई साहित्यका सबै बिधा उत्तिकै मनपर्छ : गीतकार दिपेन्द्र खड्का
|
मोरंग टाँडी स्थायी घर भई बैदेशिक रोजगारका क्रममा हाल साउदी अरबमा रहनुभएका नवोदित गीतकार दिपेन्द्र खड्का सबै प्रकारका गीत सिर्जना गर्नुहुन्छ । उहाँले गीत मात्रै होइन उपन्यास, गजल, नाटक, गीतिकथा पनि लेख्नुभएको छ । प्रस्तुत छ सर्जक खड्कासंग गरिएको छोटो कुराकानी ।
आजभोलि केमा व्यस्त हुनु हुन्छ ?
सर्बप्रथम त बैदेशिक रोजगारीको शिलसिलामा व्यस्त छु अनि गीत, उपन्यास, गजल लेखन कार्यमा व्यस्त छु ।

बिदेशमा भएर पनि यो सब कामलाई कसरी हेर्नु हुन्छ ?
रोजगारी त छँदैछ रोजगारी हुँदाहुँदै पनि समयलाई सदुपयोग गरेर म केही लेख्ने गर्छु ।

उपन्यास, गजल गीतको कुरा आयो अहिलेसम्म कति ओटा उपन्यास लेख्नु भएको छ ?
मैले अहिलेसम्म चारवटा उपन्यास रचना गरेको छ । जसमा अन्धकार रात, पहिलो प्रेम, तिम्रो पर्खाईमा र बिदेशीको सपना छन् ।

गजल पुस्तकहरु ?
दुई ओटा छन् । तिम्रो सम्झनामा र क्षितिजपारी ।

उपन्यास र गजल पुस्तक प्रकाशन गर्नु भएको छ कि छैन ?
छैन सबै कापीको पानामा सिमित छन् । केही समय पश्चात प्रकाशन गर्ने सोचमा छु ।

अनि नाटक नि ?
दुईवटा नाटक अधुरो जिन्दगी र कस्तो संगम लेखेको छु । तर, प्रकाशन गरेको छैन, स्टेज प्रोग्राम गरेको छु अधुरो जिन्दगी नाटक ।

साहित्य लेखनतर्फ यहाँको रुची जाग्नुको कारण के हो ?
मलाई विद्यालय जीवनदेखि नै कथा, नाटक, उपन्यास पढ्ने धेरै मन थियो । मैले आदरणीय दाई प्रकाश कोबित,मुना मदन थुप्रै उपन्यासहरु पढे त्यही अनुसार लेख्ने पनि गर्थे अनि कविताहरु जानी नजानी भए पनि लेख्ने गर्थे मेरो लेख्ने मोड बस्न थाल्यो । त्यो बेलामा पूर्वमा देब्रेबास धनकुटाबाट प्रसारण हुने गीतिकथा पनि खुब सुन्ने गर्थे त्यो गीतिकथा यति मिठो हुन्थ्यो कि गीतमा कथा मिलाउदै भनेको सुन्दा मेरो मन कता कता हराए जस्तो आभास हुन्थ्यो अनि मैले पनि यस्ता लेख्नु पर्छ भनेर गीति कथा लेखन सुरु गरे ।

त्यो गीति कथा सकेर मैले रेडिोमा पठाए । लगभग ४ महिनापछि प्रसारण भयो मेरो गीति कथा राम्रो लागेर प्रसारण गर्ने दाइले लेख्ने हौसला दिनु भएको थियो । त्यो हौसला पश्चात मैले धेरै गीति कथा लेखे । प्रेरणाको यो एउटा पाटो भयो भने अर्को पाटो भनेको नाटक अधुरो जिन्दगीबाट भयो यो नाटक पनि राम्रो थियो सबै गाउँका दर्शकहरुले मन पराइदिनु भएको थियो अझै केही गर्नुपर्छ भनेर हौसला आउन थाल्यो त्यो दिनको परिणाम आज आएको जस्तो लाग्छ मलाई ।
कतिवटा गीत लेख्नु भएको छ ?
लगभग २०० भन्दा बढी पुगिसक्यो ।
लगभग २०० भन्दा बढी पुगिसक्यो ।
कुन कुन विधाका गीत लेख्नु हुन्छ नी ?
आधुनिक, पप, चलचित्रका, पुर्वेली पश्चिमेली लगायत सवै विधाका लेख्छु ।

अहिलेसम्म कति ओटा गीत बाहिर निकाली सक्नुभएको छ ?
दीप एल्बमको ३ ओटा गीत तिमी मेरो जिबनमा , कल्पनामा डुबी हेर, लाग्यो लाग्यो नस, दिलकी रानी एल्बमबाट एउटा गीत — तिमीलाई माया गर्नु मेरो भुल हो भने… ।

ती गीतमा संगीत कसको छ ?
बी।बी। अनुरागी र गोबिन्द मधुर आचार्यको । त्इस्तै गायक गायीकामा मिलन अमात्य, अर्जुन सुनाम, चन्दा देवी, बी.बी. अनुरागी र मनिष श्रेष्ठ हुनुहुन्छ ।

अरु कुनै गीतको काम हुँदैछ कि छैन ?
हुँदैछ, पुर्बेली लोक लयमा आधारित गीत । सगीत र स्वर – राज खड्का र सुमिना लामा । पश्चिमी लोक लयमा आधारित गीत संगीतकार बी। बी। अनुरागीले गर्नु हुँदैछ । गायक, गायीका छनौट भएको छैन ।

साहित्य सिर्जनाबाट यहाँसम्म आईपुग्न कसको हात छ ?
सबै भन्दा पहिला भन्नु पर्दा आफ्नो आमा – बुबा । यदी म नजन्मेको भए यहाँसम्म आइपुग्दैनथे । अनि आफ्नो जीवन साथी । यदि जीवन साथीको हात र साथ नभए गाह्रो हुन्छ अघि बढ्न । त्यस्तै मेरो आत्मिय मित्र नरेन्द्र घर्तीको सहारा र आदरणीय दाई बी।बी। अनुरागीको साथ नभएको भए मेरा सबै लेखाइहरु कागजमा नै सिमित हुन्थे ।

अब के गर्ने सोच छ भबिष्यमा ?
गीत लेखनतिर नै प्राथमिकता दिनेछु ।
गीत लेखनतिर नै प्राथमिकता दिनेछु ।
कस्तो खालको गीत मन पर्छ ?
मलाई सबैखाले गीत मन पर्छ ।
मलाई सबैखाले गीत मन पर्छ ।
कहिले बाट गीत लेखन सुरु गर्नु भएको थियो ?
लगभग ८ बर्ष भयो ।
लगभग ८ बर्ष भयो ।
सुरुमा लेखन थाल्नु भएको गीत याद छ तपाईलाई, कुन थियो ?
थाहा छ । तिमीलाई माया गर्नु मेरो भुल हो भने जुन अहिले दिलकी रानी एल्बममा राखेको छु ।

कुन परिस्थितिमा लेख्नु भएको थाहा छ केही कुरा ?
दुखलाग्दो छ त्यो परिस्थिति । जब म घर छोडेर बैदेशिक रोजगारको शिलसिलामा कतार गएको थिए २००७ मा त्यो रात मलाई मेरो परिवार अनि प्रियसीको धेरै याद आएको थियो । गुनगुन गर्दागर्दै केही लेखे तर मलाई त्यो गीत पूरा गर्न दुई महिना लागेको थियो ।

Category: News
0 comments