सिके राउतका कार्यकर्ताले दिए उपराष्ट्रपति पुत्रलाई ज्यान मार्ने धम्की
![]() |
एउटा टेलिभिजनमा केही दिनअघि प्रसारित राउतको अन्तर्वार्ताबारे प्रतिक्रिया दिएकामा पुनलाई धम्की आएको हो । अन्तर्वार्तामा राउतले मधेस कहिल्यै नेपाली भूमि नरेहको दाबी गर्दै मधेसलाई नेपालको औपनिवेशिताबाट मुक्त गराएर छुट्टै मुलुकको अस्तित्व कायम गराउन आफ्नो अभियानको लक्ष्य रहेको अभियक्ति दिएका थिए ।
अन्तर्वार्ता हेरेपछि पुनले आफू प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा प्रमुख भएको भए राउतलाई ‘इन्काउण्टर’ मा मारिदिने थिएँ भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । दिपेशले छद्मनाबमाट धम्की आइरहेको बताएका छन ।

दिपेशले मोबाइल, फेसबुक म्यासेन्जर र आफ्नो अभिव्यक्तिबारे समाचार प्रकाशित भएका अनलाइन पोर्टलमार्फत त्यस्तो धम्की आएको जानकारी दिए ।
राष्ट्रियताका लागि आफू मर्न तयार रहेको भन्दै उनले राष्ट्र द्रोहीहरुबाट आएको धम्कीसँग नतर्सने चेतावनी दिए । उपराष्ट्रपति पुत्र भएर जथाभावी नबोल्न केहीले सुझाव दिएको पनि बताए ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङका छोरा भियतनामी युद्धमा मारिएको र हालै नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारी सैनिक अधिकृतका रुपमा अफगान युद्धमा लड्न गएको प्रसंग जोड्दै जो जहाँ भए पनि मुलुकको अस्तित्व संकटमा पर्दा चुप लागेर बस्न नसक्ने तर्क गरे ।
धम्की आउने क्रम नरोकिए आफू कानूनी कारबाहीका लागि प्रहरीमा जाने उनले बताए ।
प्रेस काउन्सिलले समेत पत्रकार आचारसंहिताविपरीत राउतको अन्तर्वर्ता प्रसारण गरेको भन्दै अन्तर्वार्ता प्रसारण गर्ने टेलिभिजनसँग लिखित स्पष्टीकरण सोधेको छ ।
काठमाण्डु टुडेबाट
![]() |
Category: News
0 comments