Hindi Films

साउदी अरबमा नेपाली राजदूतलाई छुरा हानियो

Unknown | 06:45 | 0 comments



दूतावासमै आश्रित नेपालीबाट आक्रमण 
काठमाडौं: साउदी अरबस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि एक नेपाली युवाले कार्यकक्षमै छुरा हानेका छन् । 
 
राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले राजदूत शर्माको कार्यकक्षमै छुरा हानेर घाइते बनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उनीमाथि आक्रमण गरेको जानकारी पराराष्ट्र मन्त्रालयले दिएपनि आक्रमणमा संलग्नको नाम भने खुलाइएको छैन । 
 
छुरा लागेर घाइते भएका शर्माको साउदी अरबको किङ फैसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
उपचारपछि उनी खतरामुक्त रहेको जानकारी साउदी अरबको राजदूतावासबाट प्राप्त भएको छ । आक्रमणमा संलग्न ती नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ कानुनी कारवाही अगाडि बढाइसकेको छ । 
 
यस विषयलाई गम्भीरतापूर्वक लिदै थप विवरणका लागि राजदूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
कुटनीतिक पदाधिकारीमाथि भएको यस घटनाको परराष्ट्र मन्त्रालयले भर्त्सना गरेको छ । शर्मामाथि आक्रमणको कारण भने खुल्न सकेको छैन । 

Category:

0 comments