Hindi Films

ज्योतिषिहरुले मच्चाए हंगामा, लैनचौरमा तरंग!

Unknown | 23:20 | 0 comments

काठमाडौ। ज्योतिषिहरुको आडमा यो वर्षका अन्तिम दुई दिन अनिष्ट हुने हल्ला फिजाइएपछि त्यसको तरंग लैनचौरमा परेको छ ।

ज्योतिषीले चैत २९ र ३० गते अनिष्ट हुन सक्ने बताएको भन्दै सामाजिक सञ्जालहरुमा विभिन्न खाले अभिव्यक्ति सार्वजनिक भएपछि यस्तो अपवाहमा कोही पनि नपर्न भूकम्प मापन केन्द्र, लैनचौरले आग्रह गरेको हो।
विभिन्न ग्रह दशाहरुका कारण जनाउँदै ज्योतिषिहरुले वर्ष २०७२ मै अनिष्ट हुने बताएको भन्दै केही दिनयता सामाजिक सञ्जालहरुमा भाइरल बन्दै आएको छ ।
गत शनिवार बेलुका भैंसेपाटी केन्द्र भएर परकम्पको ठूलो झड्काले काठमाडौंबासीलाई झस्काउनुका साथै सामाजिक सञ्जालमा भएका यी र यस्ता स्टाटसले आम मानिसमा भयको वातावरणसमेत सिर्जना भएको छ।
गत बैशाख १२ पछि कुनै पनि ठूला भूकम्प आएका छैनन्, आएका भूकम्प पनि सबै परकम्प भएकाले ठूलो भूकम्पको खतरा नै नभएको भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले कुनै बताए ।
उनले भने– ‘यस्तो भ्रमको पछि नपर्नुहोस् । यो सबै हावादारी हल्ला मात्रै हो ।’ ठूलो भूकम्प गएपछि पराकम्पहरु एक वर्षभन्दा बढी समयसम्म गइरहने भएकाले साना–साना परकम्प आएका हुन् । यसले जोखिम टर्दै पनि जान्छ । अहिले पनि दैनिक ४०वटा परकम्पहरु गइरहेको उल्लेख गरे ।
त्यस्ता साना पराकम्पन  कुनै असर नगर्ने भन्दै ठूला भूकम्पको कसैले भविष्यवाणी गर्न नसक्ने उनले बताए । लुटपाट तथा चोरी गर्ने गिरोहले भूकम्पवारे अफवाह हल्ला फैलाएको हुन सक्ने भन्दै सुरक्षा निकायले पनि कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा अपवाह फैलाउनेलाई कारबाही गरिने पनि प्रहरीले जनाएको छ । गत बैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र विन्दू बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म पनि परकम्प जानेक्रम रोकिएको छैन ।


Category:

0 comments