Hindi Films

बुद्धको जन्मबारे भ्रम चिर्न बनाइएको फिल्मको ट्रेलर (भिडियो)

Unknown | 07:24 | 0 comments

सिद्धार्थ गौतम ‘बुद्ध’ भारतमा जन्मिएको भन्ने भ्रम चिर्न बनाइएको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा पढाईका लागि अमेरिका पुगेको एक पात्रले बुद्ध भारतमा जन्मिएको सुनेपछि उसले बुद्ध नेपालमा जन्मिएको पुष्टी गर्न चालेको अभियानलाई देखाइएको छ। ट्रेलरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मबारे बोलेको भिडियो क्लिप्स पनि समावेश गरिएको छ। अभिनेता रमित ढुंगाना अमेरिका बस्दा बुद्धको जन्मबारे भ्रम सुनेपछि उनले लेखेको कथामा फिल्म निर्माण भएको हो। फिल्मका निर्माता तथा अभिनेता पनि ढुंगाना नै हुन्। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितका अलावा अशिष्मा नकर्मी, मिथिला शर्मासहित अमेरिकी कलाकार न्याथ्ली र क्यात्रिन मार्चलगायतले अभिनय गरेका छन्।

Category:

0 comments