Hindi Films

मेस्सीलाई अर्कै ग्रहबाट आएको मानव, रोनाल्डो सबै भन्दा उत्कृष्ट खेलाडी!

Unknown | 06:37 | 0 comments


फोटो :एजेन्सी
एजेन्सीः विश्व चर्चित फुटबलर लियोनेल मेस्सी मानिस नै नभएको स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बताएका छन् ।

बार्सिलोनाका स्ट्राइकर मेस्सी र रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको तुलना गर्दै पिकेले मेस्सी मानिस नै नभएको तर रोनाल्डो उत्कृष्ट मानिस भएको बताएका हुन् ।

बार्सिलोनाको अनलाइनले पिकेलाई उद्धृत गर्दै लेखेको छ, ‘ लियोनेल मेस्सी मानव नै होइनन् तर क्रिष्टियानो रोनाल्डो उत्कृष्ट मानव हुन् ।’

पिकेले मेस्सी पृथ्वीको मानव जाति नभएर अर्कै ग्रहबाट आएको बताउदै मेस्सी र रोनाल्डोको खुलेर प्रशंसा गरेका हुन् । ‘मेस्सी पृथ्वीको मानव जाति नभएर अर्कै ग्रहबाट आएका मानव हुन्’, उनले भनेका छन् ।

पिकेले विश्व फुटबलमा मेस्सी र रोनाल्डोको प्रशंसा गरेर कहिल्यै नथाकिने उल्लेख गरेका छन् । पिकेले दुवै खेलाडीमा आश्चर्यजनक क्षमता भएको समेत बताएका छन् ।

विश्व फुटबलमा चर्चित खेलाडी मेस्सीले पाँच र रोनाल्डोले तीन पटक बलोन डी’ओरको उपाधि हात पारेका छन् ।

उनले दुवै खेलाडीको प्रशंसा गरे पनि मेस्सीमा रहेको खुबी अरु कोहीसँग नरहेको समेत दाबी गरेका छन् । ‘मैले भन्ने गरेको छु मेस्सीसँग भएको खुबी अन्य कुनै खेलाडीसँग छैन । उनका खुट्टामा परेको बल कसैले खोस्न सक्दैन । यो क्षमता अन्य कोहीसँग छैन । यो उनको ठूलो खुबी हो ।’

विश्व फुटबल क्षेत्रका क्षमतावान मेस्सी अर्कै ग्रहबाट आएजस्ता भएको भन्दै उनले भनेका छन्, ‘मेस्सी अर्कै ग्रहबाट आएका एलियन जस्ता छन् ।’
मेस्सी र रोनाल्डोको तुलना
बार्सिलोनाको ला मासिए एकेडेमीबाट म्यानचेस्टर युनाइटेड गएपछि पिकेले रोनाल्डोसँगै फुटबल खेलेका थिए ।

त्यसपछि भने पिकेले बार्सिलोनामा गएर मेस्सीसँगै फुटबल खेले । यसरी रोनाल्डो र मेस्सीसँगै फुटबल खेलेका पिकेले मेस्सी र रोनाल्डोबीचको फरक समेत देखाएका छन् ।

उनी मेस्सीलाई अर्कै ग्रहबाट आएको मानव ठान्छन् भने रोनाल्डो मानिसमा सबै भन्दा उत्कृष्ट खेलाडी भएको बताउछन् ।

रोनाल्डोको शारीरिक रुपको प्रशंसा गर्दै पिके भन्छन्, ‘रोनाल्डो अग्ला तथा बलिया छन् । उनले जे पनि गर्न सक्छन् ।’

उनले फुटबल खेलका क्रममा रोनाल्डोले जस्तोसुकै अवस्थामा गोल गर्न सक्ने क्षमता भएको दाबी गरेका छन् ।

‘रोनाल्डो नितान्त फरक छन् । उनी हेड, फ्रिकिक, पेनाल्टी वा जस्तोसुकै अवस्थामा गोल गर्न सक्छन्,’ पिकेले भनेका छन्, ‘उनीसँग छिनछिनमा ट्याकल गर्न सक्ने क्षमता छ ।’

Source: annapurnapost

 

Category:

0 comments