Hindi Films

तीन साताभित्र एमओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री

Unknown | 20:17 | 0 comments


prachandaकाठमाडौं–नेपाली कांग्रेस, मधेसी मोर्चा र भारतले गरेको प्लान अनुसार, सबै काम बुलेट गतिमा भयो भने आउँदो तीन साताभित्र एमओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । देउवाले भारत भ्रमणबाट ल्याएको प्लान हो–प्रचण्डलाई प्रधानमन्त्री बनाउने । प्रधानमन्त्री बन्ने यस्तो गेमप्लान विभिन्न तन्नु तथा शक्तिहरुले प्रचण्डको कानमा पुर्याइसकेका छन् ।
प्रचण्ड निकटहरुको भनाई छ–प्रचण्डले चिनीजस्तो गुलियो कुरा सुन्न थालेका छन् । एमाओवादी दलका लागि त्यो चिनी नै सावित हुने हो की भन्नेचाँहि भविष्यले नै बताउँनेछ । केपी ओली सरकारलाई एमाओवादी अधयक्ष प्रचण्डको साथ विना गिराउन सम्भव छैन । गिरायो भने पनि उनको साथ विना नयाँ सरकार बनाउन र टिकाउन सम्भछ छैन ।
यही हिबासकिताब गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि तत्काल ओली सरकार गिराउने रणनीति बनाएको उच्च स्रोतले बताएका छन् । र, प्रचण्डलाई प्रधानमन्त्री बनाउने भविष्यको योजना होइन, तत्काल कार्यान्वयनमा ल्याउने योजना हो । एमाओवादीलाई सरकार त्याग्न लगाउने, कांग्रेसी र मधेसी मोर्चाले एमाओवादीलाई समर्थन दिएर नयाँ सरकार बनाउने योजना कार्यान्वयन तत्काल थालिने छ । सफल कहिले हुन्छ रु त्यो थाहा पाउन भने अझै केही हप्ता लाग्नेछ ।
यस्तो छ, भित्री कारण
ओली सरकारले आउँदो २०७३ जेठ १५ मा जनप्रिय बजेट ल्याउँदैछ । संविधान अनुसार १५ जेठभित्र बजेट आउनैपर्ने हुन्छ । बजेट ल्यायो भने यो सरकार अरु केही महिना चल्नेछ ।
मुख्य कुरा बजेटले आत्मनिर्भरता र चीनसँगको सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनेछ । यो कुरा भारत चाहँदैन । कांग्रेस र मधेसी मोर्चाले ओली सरकार विस्थापित गरेर आफूहरु सत्तासिन हुन चाहनु अस्वभाविक होयन । आजको साँघु साप्ताहिकमा खबर छ ।

Category:

0 comments