Hindi Films

मात्रिका यादवले मुख खोले : यसकारण म एकतामा गइनँ

Unknown | 21:52 | 0 comments

काठमाडौं– नेकपा माओवादीका संयोजक मात्रिका यादवले विभिन्न घटकका माओवादीहरुवीचको एकतमा आफु राजनीतिक–वैचारिक मतभेदका कारण छुटेका बताएका छन् । अन्तिम समयमा यादव एकता प्रक्रियामा सहभागी नभएपछि उनी किन छुटे भन्ने विषयमा व्यापक चर्चा भएको थियो ।matrika
रातोपाटीसँग कुरा गर्दै यादवले भने
–राजनीतिक–वैचारिक देृष्टिकोणमा हामीवीच केही आधारभूत फरक देखियो । जस्तो कि उहाँहरुले १३ बुँदेमा राष्ट्रिय स्वाधीनताको लडाईंलाई प्रधान मान्नुभएको छ । मेरो यसमा सहमति छैन । राष्ट्रिय स्वाधीनताका विरुद्धको लडाई आबश्यक हो तर प्रधान होइन । प्रधान त जनीजिविकाकै कूरा हो ।
–१३ बुँदेमा जनयुद्ध र जनआन्दोलनको बलमा उपलब्धी प्राप्त भएको मात्र भनिएको छ । तर, त्यसमा मधेश आन्दोलन पनि थप्नुपर्छ भन्ने मेरो मत थियो । त्यहाँ पनि कूरा मिलने ।
–मधेश आन्दोलनलाई समर्थन गर्ने विषयमा पनि हामीवीच केही मतभेद देखिए । मधेश आन्दोलनमा अहिले जसले नेतृत्व गरिरहेका छन्, उनीहरु दलाल हुन् भन्ने त रह्यो नै । तर, जनताको भावना र आन्दोलनलाई समर्थन गर्नुपर्छ भन्ने मेरो मत हो । यो पन भएन ।
–प्रचण्डले जेठ १ गते फोन गर्नुभएको थियो । तूरन्त ३ बजे आउनुस है भन्नुभएको थियो । मैले हाम्रो आन्तरिक छलफलजारी छ भने । होइन्, होइन आउनुस भन्नुभएको थियो । म गइनँ । मैले फोन नठाएको भन्ने होइन । म वैठकमा थिएँ ।
–एकता प्रक्रियमा किरण दाई (मोहन वैद्य)ं आउँदा एकताको कोर्स पूरा हुन्छ भन्ने मेरो मत थियो । यो मतमा आज पनि कायम छु । बादलजीहरु आउने निश्चित भएपछि किरण दाईले आफ्नो अपमान भएको महसुस गर्नुभयो । मैले किरणजीसहित नयाँ शिराबाट छलफल थालौ भनेको थिएँ । किरण दाईले अन्य साथीहरुले १३ बुँदेमा हस्ताक्षर गरेपछि फोन गर्नुभएको थियो ।
१३ बुँदेको पाँचौ बुँदामा छ,
–महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरुका बलमा सामन्तवाद माथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन् । तर साम्राज्यवाद विरुद्धको संघर्ष र राष्ट्रिय स्वाधिनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महत्वपूर्ण बनिरहेको छ । यो स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरण एवम् सामन्तवादका अवशेषका विरुद्ध संघर्षलाई निरन्तर अगाडि बढाउन आवश्यक छ । सामन्ती अवशेष सहित दलाल र नोकरशाही पूँजीपति वर्ग हावी रहेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्या समाधान गरी सामन्तवाद र साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्ति,, जुन नयाँ जनवादी क्रान्तिकै मुख्य सारतत्व हो, लाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशामा समान समझदारी पनि एकताका लागि आवश्यक छ । यो अन्तरिम कार्यदिशाका आधारमा अगाडि बढेर अध्ययन, अनुसन्धान र छलफलको प्रक्रियाद्वारा एकता महाधिवेशनबाट कार्यदिशाको परिमार्जन, संमृद्धिकरण र संश्लेषण गरिनेछ ।
यही बुँदामा मात्रिकाको फरक मत देखियो र उनी एकता प्रक्रियामा सहभागी भएनन् ।
–उनी ‘महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरुका बलमा सामन्तवाद माथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन् ।’ भन्नेमा मधेश आन्दोलन जोडन चाहन्थे ।
–त्यसबाहेक ‘राष्ट्रिय स्वाधिनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महत्वपूर्ण बनिरहेको छ ।’ भन्नेमा उनी जनजीविकाको सवाल प्रधान बन्न गएको छ भन्ने राख्न चाहन्थे ।
१३ बुँदेको १०औ बुँदामा छ
तराई–मधेस, उत्पीडित क्षेत्र, थारु लगायत आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम लगायतका समस्याहरुको संबोधन गर्न पहिचान, राष्ट्रिय आत्मनिर्णयको अधिकार, स्वायत्तता र पूर्ण समानुपातिक प्रतिनिधित्व सहित विशेषाधिकारको व्यवस्था गर्न पर्दछ । यसरी मात्र आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेर देशको समग्र राष्ट्रिय स्वाधिनता सुदृढ गर्न सकिन्छ ।
यादव यो बुँदामा तरार्य–मधेशमा जारी जनताको आन्दोलनलाई समर्थन रहेको छ भन्ने थप्न चाहन्थे ।
स्रोत : ratopati 

Category:

0 comments