Hindi Films

प्रचण्ड विरुद्द बन्दैछ कांग्रेस र एमालेको नयाँ मोर्चावन्दी

Unknown | 05:58 | 0 comments



प्रचण्डले यस पल्ट एमालेलाई पनि धोका दिए भने कांग्रेसलाई पनि धोका दिए ।
कुर्सीका लागि प्रचण्ड जे पनि गर्न तयार हुँदा रहेछन् भन्ने यस पल्ट पुनः प्रमाणित भएको छ । तर उनको यसखाले धोकेवाज चरित्रलाई तह लगाउन एमाले र कांग्रेस दुबै दलका केही नेताहरु सक्रिय हुन थालेको एमालेका एक नेताले नेपालसन्देशलाई वताएका छन् ।
उनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री दिएर उनको नेतृत्वमा एमाले नयाँ सरकारमा जानु भन्दा वरु देउवा अथवा अरु कसैलाई प्रधानमन्त्री वनाएर अर्को संयुक्त सरकार वनाउँदा राम्रो हुने हो कि भन्ने छलफल एमाले भित्र शुरु भएको छ ।
एमाले र एमाओवादीको जनआधार एउटै भएको पृष्ठभूमिमा एमाओवादीलाई साइजमा नल्याइकन आगामी चुनावहरुमा एमालेको वहुमत आउन नसक्ने भन्दै प्रचण्ड जस्ता धोकेवाजलाई प्रधानमन्त्री वनाउन एमालेले काँध थाप्न नहुने मत एमाले भित्र वढ्दै छ ।
आगामी प्रधानमन्त्रीको रुपमा देउवाका साथै विजय गच्छदारको नाम पनि चर्चामा आउन थालेको छ ।
प्रचण्ड भन्दा विजय गच्छदारलाई प्रधानमन्त्री वनाउँदा मधेसको समस्या हल गर्न पनि केही सहज हुने बुझाई एमाले भित्र वढेको छ ।
कांग्रेस भित्र पनि प्रचण्डलाई प्रधानमन्त्री वनाएर एमालेलाई चिढ्याउनु भन्दा वरु एमाले संगै मिलेर संविधान कार्यान्वयनमा लाग्न पर्ने मत वढ्न थालेको वताइन्छ । देउवा आफैले पनि प्रचण्ड जस्ता महाफटाहाको पछि लागेर गल्ति भएको वताइसकेका छन् ।
यस्तो स्थितिमा वजेट घोषणा पछि एमाले, कांग्रेस र विजय गच्छदार आदिको गठवन्धन सहितको नयाँ सरकार गठनको लागि पहल तीब्र हुने एमालेका एक नेताले नेपालसन्देशलाई वताएका छन् ।

Category:

0 comments