Hindi Films

माओवादी एकताका लागि यस्तो छ समझदारी, ए. माओवादी नरहने

Unknown | 20:35 | 0 comments


Prachanda baidhya (9)जेठ पहिलो साताभित्र एकता
माओवादीका चार समूहले मोहन वैद्यविनै जेठ पहिलो साता पार्टी एकता गर्ने भएका छन् । प्रचण्ड नेतृत्वको एमाओवादीसाग एकता गर्न नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको छ ।
पार्टीको नाम फेर्न सबै सहमत
नेताहरूले एकतापछि पार्टीको नाम फेर्न सकिने विषयमा छलफल भइरहेको जनाएका छन् । तर, नाम के राख्ने भन्ने विषयमा छलफल अझै जारी छ । एकीकृत नेकपा माओवादी नै नाम राख्ने, युद्धकालकै नाम नेकपा माओवादी राख्ने अथवा नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् । नेकपा माओवादी संयोजक मातृका यादवले नाम पुरानै राख्न नेताहरूको बैठकमा लिखित प्रस्ताव नै राखेका छन् । प्रचण्डले पनि नामका विषयमा आफू लचक हुन तयार रहेको बताएका छन् ।
महाधिवेशन गर्न ४९९ सदस्यीय आयोजक समिति
माओवादी समूहहरू मिलेर एकताको राष्ट्रिय महाधिवेशनमा जाादै छन् । त्यसैले अहिले ४९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति बन्ने भएको छ । यो समितिमा एकीकृत माओवादीका तीन सय र बादल नेतृत्वको माओवादीका १६१ जना सदस्य रहनेछन् ।
बाँकी ३८ जना मातृका यादव, मणि थापा र विप्लव समूहका केही सदस्य पर्नेछन् । त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका जयपुरी घर्ती र कुमार दाहाल पनि आयोजक समितिमा रहनेछन् । आजको रातो पाटीमा खबर छ ।
 

Category:

0 comments