पहिरोले बनायो विल्लिवास ,चेप्राङ्गबासी सुरक्षा खोज्दै जंगलतिर
|
पहिरोको जोखिम बढेपछि गोरखा केरौंजा गाउँका भूकम्पपीडित अस्थायी टहरो छाडेर अन्यत्रै सरेका छन् । वर्षासँगै आएको पहिरो गाउँमा पसेपछि उनीहरूको बास जंगलमा भएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार त्यहाँका पीडित गाउँ छाडेर झन्डै आधा घण्टा माथिको बुट्यान जंगलमा बसोबास गर्न थालेका हुन् । ‘जंगल फाँडेर त्रिपाल टाँग्न थालेका छौं,’ स्थानीय सुकबहादुर गुरुङले भने । वर्षासँगै पहिरोको जोखिम उच्च भएपछि बस्तीका गाउँले डराएका छन् । केरौंजागाउँ र बेंसीसहितको सिमानामा पर्ने उहिया गाविसको खोर्लाबेंसी बस्ती पनि पहिरोको जोखिममा परेको छ । भूकम्पलगत्तै आएको पहिरोले स्थानीयवासी त्रसित भएका थिए ।
वर्षातका कारण पहिरो खस्न थालेको गुरुङले बताए । केरौंजागाउँका दुई सय अस्थायी टहरामध्ये एक सय १३ वटा पहिरोको उच्च जोखिममा परेका छन् । वडा नम्बर १, २, ३ र ४ मा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ छ । केरौंजा गाउँबाट सुरु भएको पहिरो बेंसीको बस्ती हुँदै बुढीगण्डकी नदीमा मिसिएको छ । उक्त क्षेत्रको करिब ५ किलोमिटर लामो पहिरोले बस्ती जोखिममा पारेको हो । ‘हिउँदमा पनि ढुंगा खसिरहन्थ्यो, पानी परेपछि डाँडै खस्न थाल्यो,’ उनले भने ।
केरौंजा गाउँका १३ घर पहिरोले बगाएको समितिले जनाएको छ । खोर्लाबेंसीका २१ घर जोखिममा परेका छन् । सात वटा घरमा पानी पसेको छ । खोर्लाबेंसीका बासिन्दा पनि बस्ती छाडेर नजिककै डाँडामा बसोबास गर्न थालेका छन् । पहिरोपीडितहरूलाई अस्थायी बसोबास गर्न समितिले त्रिपाल र टेन्ट उपलब्ध गराएको छ । गत वर्ष वैशाख १२ को भूकम्पलगत्तै पहिरो खसेको थियो । केरौंजा माविमाथिबाट खसेको पहिरोका कारण झण्डै दुई सय घर परिवार पल्लो डाँडामा विस्थापित भएर बसेका थिए । बस्ती सरेको डाँडोमा समेत पहिरो आउन थालेको गुरुङले बताए । बस्तीसँगै विद्यालय पनि सरेको थियो ।
‘नयाँ स्कुल बनाएको ठाउँमा पनि जोखिम बढेको छ,’ उनले भने । पहिरो गाउँको बीच हुँदै बगेका कारण दुवैतर्फका घरहरू जोखिममा परेको स्थानीय भगवती विकले टेलिफोनमा बताइन् । उनले भनिन्, ‘पहिरो घरछेउ नै आएपछि पालको घर बनाएर बसेका छौं ।’ ढुंगा खस्ने र माटो बगाउने क्रम नरोकिएका कारण जोखिममा पर्ने घरहरूको संख्या दिनदिनै बढ्दै गएको छ । ‘पानी पर्न थालेपछि पहिरो चल्न थाल्छ । बस्ती नै छाडेर हिँड्नुपर्ने भयो,’ उनले भनिन् । पहिरोकै कारण कतिपय स्थानीय भूकम्पपीडित भने छिमेकीको जग्गा भाडामा लिएर अस्थायी टहरोमा बसेका थिए । स्थानीयले स्थायी प्रकृतिको घरसमेत नबनाई बसेको गाविसका पूर्वअध्यक्ष सुकबहादुर गुरुङले बताए । ‘राति सुत्न पनि डर हुन्छ । घर बगाएकाहरू छिमेकीको आश्रयमा बसेका छन्,’ उनले भने ।
केरौंजा सडक सञ्जालले नजोडिएको जिल्लाको दुर्गम गाविसमा पर्छ । पहिरोले अस्थायी टहराहरू भत्कन थालेपछि प्रमुख जिल्ला अधिकारी नारायण भट्ट हेलिकप्टरबाट बिहीबार उक्त गाउँ पुगेका थिए । पुरै बस्ती पहिरोको प्रकोपमा परेका कारण स्थानीयवासीलाई सुरक्षित स्थलमा बस्न आग्रह गरिएको उनले बताए । ‘पहिरोपीडितलाई सुरक्षित स्थलमा बस्न त्रिपाल र टेन्ट उपलब्ध गराएका छौं,’ उनले भने । बस्तीमाथिको जंगल क्षेत्रको खर्कमा स्थानीयलाई सुरक्षित बसोबास गर्न सल्लाह दिएको उनले जानकारी दिए । ‘पीडितहरूले बुट्यान फाँडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन्,’ उनले भने, ‘राहतका लागि खाद्यान्न पठाउने तयारी गरेका छौं ।’ पीडितहरूको बसोबासको पुनर्निर्माणमा सघाउन आएका गैरसरकारी संघसंस्थाले अस्थायी बासका लागि सहयोग गरेका छन् ।
पहिरोले केरौंजा गाउँका चार सय ७५ र बेंसीका ४६ घरलाई त्रसित बनाएको हो । केरौंजा गाउँका पहिरोको अति जोखिममा रहेका दुई सय २० घरपरिवार भूकम्पलगत्तै थातथलो छाडेर अयन्त्र सरिसकेका थिए । बाँकी घरहरू पनि अन्यत्रै सार्नुपर्ने अवस्था आएको नाङछिरिङ घलेले बताए । भूकम्पलगत्तै जिल्लाको उत्तरी क्षेत्रका गाविस, बुढीगण्डकी नदी आसपासका बस्ती र मनास्लु पदमार्गमा बढी पहिरोको जोखिम भएको थियो ।
वर्षात सुरु भएलगत्तै बाढीपहिरो आउन थालेको हो । जिल्ला प्रशासन कार्यालयले पहिरो जस्ता प्राकृतिक प्रकोप व्यवस्थापन गर्न आपतकालीन उद्धार टोली समेत बनाएको छ । कार्यालय प्रमुखहरूको बैठकले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र रेडक्रस सम्मिलित टोली बनाएको हो ।
उत्तरी क्षेत्र उच्च जोखिममा
भूकम्पको केन्द्रविन्दु बारपाक आसपासका क्षेत्र पहिरोको उच्च जोखिममा रहेको जानकारहरूले बताएका छन् । भूगर्भविद्हरूको अध्ययनले भूकम्पका कारण उक्त क्षेत्रमा धाँजा फाटेका कारण ठूल्ठूला पहिरो जान सक्ने संकेत देखाएको छ । ‘वर्षातसँगै ठूला पहिरो जान सक्ने जोखिम छ,’ भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर श्यामकिशोर सिंहले भने । पानी धेरै परे धाँजामा पसेर ठूल्ठूला पहिरो जान सक्ने खतरा रहेको भूगर्भविद्हरूले बताएको उनको भनाइ छ । ‘अघिल्लो वर्ष ठूलो पानी परेन, पहिरो गएन,’ उनले भने, ‘यस वर्ष उत्तरी क्षेत्रमा नियमित वर्षा भइरहेका कारण पहिरो जाने सम्भावना पनि बढी छ ।’ उत्तरी क्षेत्रका एक दर्जन गाविस पहिरोको जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । ती गाविसका २८ बस्ती जोखिममा रहेको प्रतिवेदन समितिले सार्वजनिक गरेको थियो । २८ बस्तीका करिब दुई हजार ५ सय घरधुरी पहिरोको त्रासमा रहेको सिंहले बताए ।

बारपाक पूर्वतर्फ लाप्राक, गुम्दा, लापु, सौरपानी, उहिया, सिर्दिबास, केरौंजा, मान्वुलगायत गाविसमा पहिरो जाने सम्भावना बढी रहेको प्राविधिकहरूले बताएका छन् । लाप्राकको पुरानो बस्ती नै भूक्षयको जोखिममा रहेका कारण सम्भावना पत्ता लगाउन यन्त्र राखिएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहदेवबहादुर भण्डारीले जानकारी दिए । स्थानीयवासीलाई पहिरो जाँदा जोगिने तरिकासमेत सिकाइएको छ । भूकम्पको इपिसेन्टर र बुढीगण्डकी करिडोरक्षेत्र उच्च जोखिममा रहेको भण्डारीको भनाइ छ । बुढीगण्डकी नदी आसपासमा पर्ने मनास्लु पदमार्ग भूकम्पलगत्तै पहिरोका कारण ६ महिना अवरुद्ध भएको थियो । उक्त मार्ग अहिले पनि अस्थायी रूपमा सञ्चालनमा छ । पहिरोकै कारण समय समय पदमार्ग अवरुद्ध भइरहन्छ । उत्तरी क्षेत्रमा पहिरोको जोखिम बढी भएका कारण उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । ‘पहिरो गइहाले राहत र उद्धारलाई प्रभावकारी बनाउन उत्तरी क्षेत्रमा सुरक्षा निकायको संयुक्त क्याम्प राख्ने तयारी भएको छ,’ उनले भने । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गर्न लागिएको उनले बताए । सहायक प्रजिअको संयोजकत्वमा विपत् व्यवस्थापन आपतकालीन टोली बनाइएको छ ।
जताततै पहिरो
गए रातिदेखिको अविरल वर्षाले चारैतिर पहिरो गएपछि धादिङको उत्तरी विकट गाविस रीगाउँ ९ चेप्राङका २२ घर जोखिममा परेका छन् । उक्त बस्तीका २२ घरधुरीमध्ये ६ वटालाई पहिरोले छोएको छ । दुवैतिरबाट ठूलै पहिरो खसेपछि पुरै बस्ती संकटमा परेको हो । ‘लापा गाविसको अर्को बस्तीमा जाने पंगली खोलामा पनि पहिरो छ, पूर्वतर्फ पनि चेप्राङ खोलामा राति १० बजेबाट परेको पानीले पहिरो आएपछि सबै बाटो अवरुद्ध छ । बस्तीको तलमाथि गत वर्ष नै थियो, चारैतिर ढुंगा खसिरहेको आवाज दिनभर आएको छ,’ स्थानीय सैनीमाया तामाङले फोनमा भनिन् ।

‘हामी ६ घरका १९ जना अशक्त, बालबालिका, वृद्ध र सुत्केरीले हिजो रातिदेखि ढुंगामा रात कटायौं,’ स्थानीय युवा कान्छा तामाङले प्रजिअ विश्वप्रकाश सुवेदीलाई फोनमा जानकारी दिए । मौसम प्रतिकूल भएकै कारण सामग्री ढुवानी हुन नसक्दा उत्तरी ५ गाविसमा सामूहिक आवास निर्माणमा अझै एक साता लाग्ने देवीदत्त गणका प्रमुख सेनानी विनोद चन्दले बताए ।
नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ, वरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्री र देवीदत्त गणका प्रमुख सेनानी विनोद चन्दलगायत पहिरो निरीक्षणमा पुगेका थिए । हेलिप्याड अभावका कारण हेलिकप्टर अवतरण नगरे पनि हवाई अवलोकन गरेर जिल्ला सुरक्षा निकायका प्रमुखहरू फर्केका थिए ।

अपराह्नबाट उक्त बस्तीमा सञ्चार सम्पर्क हुन सकेको छैन । रीगाउँ भूकम्पपछि सबैभन्दा बढी पहिरो गएको गाविस हो । भूगर्भविद्हरूको अनुसन्धानले पनि धादिङको रीगाउँ पहिरोको उच्च जोखिममा रहेको देखाएको छ । भूकम्पले सबैभन्दा बढी मानवीय क्षति पनि यसै गाविसमा भएको थियो । यस गाउँमा करिब ३ दर्जन साना–ठूला पहिरो खसेका छन् । रीगाउँबाहेक उत्तरी भेगका लापा, सेर्तुङ, तिप्लिङ र झार्लाङ गाविसमा नयाँ र पुरानासमेत दर्जनौं संख्यामा पहिरो गएका छन् । ती गाविसका अधिकांश बासिन्दा आफ्नै गाविसको लंगरचेत खर्क र सदरमुकाममा विस्थापित भएका छन् ।
दोलखामा एक लाख जोखिममा
दोलखाको सुरीमा पहिरोले चार घर पुरेको छ । अरू १५ घर विस्थापित भएपछि त्यहाँका बासिन्दा नजिकको छिमेकीको घरमा आश्रित छन् । पहिरोले कुलुङ खोला जलविद्युत् आयोजना पुरेपछि गाउँका दुई सय घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । दोलखाका सांसद पार्वत गुरुङका अनुसार स्थानीय चरित्रबहादुर खडका, खगेन्द्र खडका र लालकुमार खडकाको अस्थायी आवास पुरिएको छ । विस्थापितलाई उद्धार र राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई आग्रह गरिएको उनले बताए । मनसुन सुरु भएपछि भूकम्पले थिलथिलो बनाएको जमिन खस्दा पुष्पलाल मार्ग दिनहुँजसो अवरुद्ध भइरहेको छ । लाकुरीडाँडास्थित झिगानेमा लगातार पहिरो गएको छ । डिभिजन सडक कार्यालयका अनुसार पहिरोले अवरुद्ध हुनेबित्तिकै पन्छाएर यातायात चालु गराउने गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले उतारेको पछिल्लो नक्सा हेर्दा दोलखाका अधिकांश बस्तीहरू पहिरो नै पहिरोको जालोभित्र जेलिएको जस्तो देखिन्छ । भुइँचालो गएपछि सबैभन्दा बढी उत्तरका बासिन्दाहरू पहिरोको उच्च जोखिममा छन् । दोलखाको भूमि ३० डिग्रीभन्दा बढी भिरालो भएकाले जिल्लाको दक्षिणी क्षेत्र पनि जोखिम छ । गत वर्षको वर्षायाम सकिएपछि गरिएको अध्ययनले दोलखाका उत्तरी बस्तीहरू बढीजसो भूक्षयको उच्च जोखिमयुक्त देखिएका हुन् । भौगर्भिक अध्ययनले उत्तरका करिब एक लाख बासिन्दा भूक्षयको उच्च जोखिममा बसोवास गरिरहेको देखाएको छ ।
रसुवामा दर्जनौं
वर्षौंदेखि मूलखर्क, राम्चे र ग्राङ पहिरोको पीडा खेप्दै आएको रसुवा भूकम्पका कारण दर्जनौं स्थानमा गएको पहिरोका कारण थप आक्रान्त बनेको छ ।
वर्षौंदेखि मूलखर्क, राम्चे र ग्राङ पहिरोको पीडा खेप्दै आएको रसुवा भूकम्पका कारण दर्जनौं स्थानमा गएको पहिरोका कारण थप आक्रान्त बनेको छ ।
खुकुलिएको हिमाली माटो मनसुन बढ्न नपाउँदै बग्ने भू–धरातलीय बनोट रहेको पासाङल्हामु मार्गको कालिकास्थानदेखि धुन्चेसम्मको मूलखर्क, राम्चे र ग्राङका कारण उच्च जोखिममा रहँदै आएको त्यस क्षेत्रलगायत भूकम्पका कारण राजमार्गमै पर्ने टिमुरे, स्याफ्रुबेंसी गाविसका विभिन्न स्थानमा गएको पहिरोले राजमार्गलाई थप प्रभावित बनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राजमार्ग क्षेत्रबाहेक पहिराले विस्थापित भएका हाकु र ठूलागाउँभन्दा अन्यत्र जोखिमबारे कुनै जानकारी नआएको बताए ।
सुरक्षित बासको खोजी
भूकम्पले हल्लाएर छियाछिया परेको जमिनमा पहिरो जान थालेपछि नुवाकोटमा सुरक्षित बासको माग हुन थालेको छ ।जिल्लाको तथ्यांकले २४ गाविस उच्च जोखिममा रहेको देखाएको छ । पहिरोबाट विस्थापितलाई कहाँ र कसरी राख्ने बारे जिल्ला दैवीप्रकोप समिति मौन छ । जिल्लामा सामूहिक आवास १० ओटामध्ये चारवटा निर्माण भएका छन् । तर ती पर्याप्त छैनन् । ‘जोखिमयुक्त गाविस भनेर पहिचान गरेका छौं,’ प्रजिअ विष्णुप्रसाद पोखरेलले भने, ‘त्यही भएर सामूहिक आवास बनाएको हो ।’

अझै गएको गयै
अविरल वर्षाका कारण सिन्धुपाल्चोकका बाह्रबिसे–तातोपानी खण्डको २६ किलोमिटर सडक क्षतिग्रस्त भएको छ । भूकम्पले जताततै छियाछिया बनाएको उक्त सडक खण्डको सिरसिरे, जम्बु, सखुवा, बन्जीजम्प, चाकु, डाकलाङ, झिर्पु, हिन्दी, दसकिलो, कोदारीलगायत दर्जनौं स्थानमा पहिरो झरेको छ । यातायात अवरुद्ध छ । सडकबाट पैदल हिड्न कठिन छ ।
तातोपानीका स्थानीय सिग्देन तामाङका अनुसार तिब्बती सीमा क्षेत्रका दुगुनागढी, टागा, तासिथान, बोक्चेनलगायत गाउँ जोड्ने गोरेटो बाटोलाई क्षति पुगेको छ । तिब्बतसँग जोडिएका लिस्ती, गाती, मार्मिङलगायत गाउँमा आउजाउ गर्ने कच्ची सडकको अवस्था नाजुक बनेको छ । गाती ३ र ४ मा पहिरोले सडक बगाउँदा ५ घरधुरीको बास नै जोखिममा परेको जानकारी प्रहरी निरीक्षक राजु पाण्डेले दिए ।

काभ्रेका २९ गाविस जोखिममा
काभ्रेमा भूकम्पपछि जमिन चर्किएर र वर्षापछि पहिरोको कारण २९ गाविसका १ हजार २ सय ३५ घरधुरी जोखिममा रहेको पहिचान भएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका सदस्य सचिव समेत रहेका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले जोखिमयुक्त बस्तीलाई लक्षित गरेर १२ स्थानमा सामूहिक आवास निर्माण गरिएको जानकारी दिए ।

साभार: कान्तिपुर समाचार
|
Category: News
0 comments