Hindi Films

डुब्यो काठमाडाैं ,३६ वर्षपछि उपत्यकामा धेरै वर्षा

Unknown | 18:34 | 0 comments

काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ। उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो। सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ। उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए।

Category:

0 comments