Hindi Films

ओलम्पिकमा पदक नजित्ने खेलाडीलाई सजाय दिने किम जोङ उनको घोषणा

Unknown | 02:49 | 0 comments


९ भदौ, एजेन्सी ।
उत्तर कोरियाली तानशाह किम जोङ उनले रियो ओलम्पिकमा पदक नजित्ने आफ्ना देशका खेलाडीलाई सजाय दिने घोषणा गरेका छन् ।
विना पदक देश फर्किएका खेलाडीहरुलाई कोइला खानीमा काम गराउने घोषणा किम जोङ उनले गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यति मात्र होइन विना पदक फर्किएका खेलाडीहरुलाई घर खाली गराउने र रासन कार्ड पनि खोसिने घोषणा समेत तानशाहले गरेका छन् । उत्तर कोरियामा विना रासन कार्ड पसलमा गएर सामान किन्न समेत पाइँदैन । यस्तो भएमा खेलाडीहरु खान नपाएर मर्न सक्ने अवस्था समेत आउन सक्ने बताइएको छ ।
किमले ओलम्पिकमा हारेका खेलाडीका परिवारलाई पनि कोइला खानीमा काम गराउनेछन् । खेलाडीहरुलाई ५ स्वर्ण पदक जित्नै पर्ने टार्गेट सहित ओल्मपिक खेल्न रियो पठाएका किमले २ मात्र स्वर्ण पदक प्राप्त गरेपछि खेलाडीहरुलाई सजाय दिने घोषणा गरेका हुन् ।
यस अघि पनि जोङले सन् २०१० मा विश्व कप फुटवलमा पराजित भएर फर्किएको फुटवल टिमका खेलाडीहरुलाई कोइला खानीमा श्रम गर्न र चिसोमा बस्न बाध्य पारेका थिए ।
किम जोङ उनले दुश्मन देश दक्षिण कोरियाले उत्तर कोरियाले भन्दा बढी ९ स्वर्ण पदक जितेपछि आफ्ना खेलाडीहरुलाई सजायको घोषणा गरेका हुन् ।

Category:

0 comments