Hindi Films

कम्पुटर समन्धी एउटा उपयोगी जानकारी

Unknown | 06:11 | 0 comments

 To fix lost password in Windows XP कहिले काहिँ जानीनजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ? यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ । 


 १) जब तपाईं कम्प्युटर स्टार्ट गर्नुहुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।

 २) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले"Safe Mode" लाई छान्नुहोस् ।

 ३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ । ४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।

 ५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।

६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।

७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ


Category:

0 comments