Hindi Films

रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त (भिडियो)

Unknown | 02:40 | 0 comments

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ।

रूसी अधिकारीहरुका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए। उक्त कार रूसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ । पुटिनको कारसँग ठोक्किएका मर्सिडिज कारका चालक गम्भीर घाइते भएका छन्।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ। दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन। यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ। (एजेन्सी)

Category:

0 comments