Home �
TV Show
� अब बिश्वले चिन्नेछ नेपाल,वुद्धको जन्मस्थल लुम्बीनी
Unknown |
08:43 |
0
comments
 |

नेपाल र नेपालीको चिनारी सगरमाथा हिमाल देखी भगवान गौतम बुद्ध अनी नेपाली धर्म र संस्कृति नै हुन जस्ले संसारमा नेपाललाई चिनाउँछन । विश्वब्यापी महत्वका कारण नेपाली राष्ट्रिय सम्पदाहरु वुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथाका बिषयमा अनाबश्यक दिग्भ्रम सिर्जना गरिरहेको सन्दर्भमा त्यस किसिमका अनाबश्यक दिग्भ्रम निस्तेज पार्नका खातिर सही कुरोलाई सही भन्दै प्रचार प्रसार गर्नु पर्ने अनावश्यक चुनौतिपूर्ण समस्या नेपालीले सामना गर्न परिरहेको छ । र यस्को लागि विस्वभरी छरिएर रहेका नेपालीहरुले बिभिन्न किसिमबाट आ आफ्नो क्षमताले भ्याएसम्मका प्रयासहरु गरिरहेका छन ।
यस कार्यमा देश चिनाउने लक्ष्य बोकी हिडेका रबि लामिछाने सम्पन्न भएका छन् नेपाल र नेपालीको बिकासको लागि नेपालमा राम्रा काम गरेका ब्याक्तिहरुसंग बिश्व ईतिहासमा सबै भन्दा लामो ६० घण्टा म्याराथुन टक सो कार्यक्रम सञ्चालन गरेका छन् । आजभन्दा २५५६ बर्ष अघी नेपालको लुम्बिनीमा जन्मनु भएका भगवान गौतम बुद्धको बारेमा पुरा संसार कुनै दुबिधामा छैन । बिबादित बिषयको छिनो गर्ने पुरातत्व बिभागदेखी अन्तर्राष्ट्रिय बिभिन्न सघ९संस्था अनी पुरै विश्वले मानेको भगवान गौतम बुद्धको जन्म ठाउँलाई आफ्नै छिमेकी भनेर कुर्लने भारतले भने अनेक झुटा समाचार मात्र फैलाएको छैन गौतम बुद्धको जन्म भारतमा नै हो भनेर पुष्टी गर्नलाई करोडौ धन खर्चेर मानव निर्मित जन्म ठाउँ बनाउन लागेको देखिन्छ । भारत सरकारको समर्थन नभई कसरी बनाईदैछ मानव निर्मित बुद्ध जन्मस्थल अनी कसरी प्रचार गरिन्छ भारतिय मिडियामा रु आफ्नो देशको इज्जत माथि खेलवाड गर्ने बिषयमा पनि बोल्दैनन नेताहरु किन की कुर्ची जान्छ भन्ने डर छ रु होईन भने आज हरेक नेपालीले किन गर्जनुपरेको छ बुद्द भारतमा होईन नेपालमा जन्मेका हुन भनेर । जे-जस्तो हावा फैलाउँदै गएपनी आफ्नो प्यारो पहिचानको लागि त्यो कायम राख्न शान्तीको सन्देशलाई अझै संसारमा फैलाउन सफल भएका छन् रबि लामिछाने । नेपाल ज्ञानका ज्योती गौतम बुद्ध र सगरमाथा, बिश्वकै लाईट र हाईट ठूला सम्पदाहरु भइकन पछाडी परेको नेपाललाई एउटा छुट्टै कार्यक्रमका साथ देश चिनाउने लक्ष्य बोकी हिडेका रबि लामिछाने सफल भएका छन् । ‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ सञ्चालन गरिएको विश्वकै सबैभन्दा लामो टक शो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
0 comments