Hindi Films

खिलराजले प्रचण्डलाई भने,’निर्वाचन प्रक्रिया अघि वढाउन सहयोग गर्नुस्’

Unknown | 03:45 | 0 comments

१५ असार, काठमाण्डौ । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको निर्वाचन सफल वनाउन सरकारलाई सहयोग गर्न एमाओवादीलाई आग्रह गर्नु भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग आफ्नै निवास बालुवाटारमा शनिवार विहान भएको भेटमा अध्यक्ष रेग्मीले मंसिर ४ को निर्वाचनलाई सफल बनाउन दलहरुको पूर्ण सहयोग आवश्यक पर्ने भएकाले सहयोग गर्न आग्रह गर्नु भएको हो ।
भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले सरकारलाई निर्वाचन प्रक्रियामा सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको वताउनु भएको थियो । रेग्मीसंगको भेटमा प्रचण्डले मुलुकको निकासका लागि पनि निर्वाचन नै उत्तम विकल्प भएकाले निर्धारित समयमै निर्वाचन गराउन आवश्यक पर्ने सहयोग सरकारलाई गर्न तयार रहेको वताउनु भएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । प्रचण्डले निर्वाचन प्रक्रियालाई अगाडि बढाउन सरकारलाई कुनै समस्या नरहेको बताउनुभएको खकुरेलले जानकारी दिनुभयो । उहाँहरुवीच समसामयीक राजनीतिक घटनाक्रम, संविधानसभाको निर्वाचन लगायतका विषयमा झण्डै आधाघण्टा छलफल भएको थियो ।

Category:

0 comments