Hindi Films

विवाद चर्किएपछि एमाओवादीले विस्तारित बैठक बोलायो

Unknown | 07:53 | 0 comments

बाबुरामले पद त्याग घोषणा फिर्ता लिन मानेनन्१६ असार, काठमाडौं । जिम्मेवारी बाँडफाँडबारे विवाद चर्किएपछि एकीकृत नेकपा माओवादीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । नेता डा. बाबुराम भट्टराईलाई पार्टी उपाध्यक्ष पदत्याग घोषणा फिर्ता गराउने प्रयास असफल भएलगतै माओवादीले आगामी साउन ४ गते विस्तारित बैठक बोलाएको छ । भट्टराईलाई फकाउने प्रयास असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामा आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिले विवाद समाधान गर्न नसकेको भन्दै विस्तारित बैठक बोलाउन प्रस्ताव गर्नु भएको थियो । विस्तारित बैठकले कार्यदिशा अनुसारको संगठन संचालन संरचना र नेतृत्व चयन गर्ने छ ।
बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित भट्टराईले भने आफूले घुक्र्याउने राजीनामा नदिएको भन्दै पदत्यागको घोषणा फिर्ता नलिने बताउनुभयो । यसअघि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको पद त्यागको घोषणा फिर्ता गराउन एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु सक्रिय हुनु भएको थियो । आइतबार विहान पदाधिकारी बैठकले भट्टराईलाई पद त्यागको घोषणा फिर्ता लिन प्रस्ताव गरेको थियो भने लगतै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा व्यूरो, राज्य इन्चार्जसहितको छलफल भएको थियो । तर, भट्टराईले घोषणा फिर्ता नलिने भन्दै निजी वेबसाइट र समाजिक सञ्जाल ट्वीटरबाट समेत उपाध्यक्ष पद हटाउनु भएको थियो । जिम्मेवारी बाँडफाँडबारे चर्को विवाद भएपछि भट्टराईले शनिबारको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष पद त्याग गर्ने घोषणा गर्नु भएको थियो ।

Category:

0 comments