Hindi Films

राजधानीको दूधमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्न सक्ने जीवाणु “कोलिफर्म” फेला

Unknown | 14:17 | 0 comments

काठमाडौं, १२ असार । उत्पादित दूधमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्न सक्ने जीवाणु “कोलिफर्म” फेला परेको समाचार बाहिर आएपछि त्यस्ता दूध बेच्ने संस्थामाथि कारबाही गरिनुपर्ने माग उठाउन थालिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा “दूधमा देखिएका जीवाणु र स्वास्थ्यमा पार्ने प्रभाव” विषयक अन्तत्र्रिmयामा उपभोक्ताका तर्फबाट बोल्दै विष्णुप्रसाद तिमिल्सिनाले दुग्ध विकास संस्थानले सरकारको नियम विपरीत किसानले ल्याएको दूध सिधै प्याकिङ गरी बजार पठाइरहेको छ भन्नुभयो । कृषि मन्त्रालयका प्रवक्ता डा प्रभाकर पाठकले दुग्ध संस्थानमा देखिएको लापर्वाहीले नीतिगत प्रश्न उठाएको भन्दै खाद्य ऐन तथा नियमावली संशोधन गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक डा. जीवनप्रभा लामाले अत्यधिक मात्रामा कोलिफर्म भेटिएको दूध बेच्ने दुग्ध विकास संस्थानलाई खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाइएको बताउनुभयो । दुग्ध विकास संस्थानका महाप्रबन्धक सियाराम सिंहले कोलिफर्मको सवाललाई लिएर पूरै दुग्ध संस्थान खराब छ भन्नु गलत भएको बताउँदै संस्थानमा केही कमजोरी रहेको र त्यसलाई सुधारेर जाने बताउनुभयो । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गरेको अनुगमनमा उपत्यकाभित्रका अधिकांश डेरीका दूधमा कोलिफर्मको मात्रा धैरै पाइएको थियो ।नखानुहोस राजधानीमा उत्पादित दूषित दूध(स्वास्थ्यलाई गम्भीर असर पार्न)power newsभिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Category:

0 comments