Hindi Films

बाढीपीडितको काँधमा बसेर रिपोर्टिङ गर्ने पत्रकारको जागिर चट

Unknown | 09:52 | 0 comments

१३ असार । भारतको उत्तराखण्ड र हिमान्चल प्रदेशमा आएको बाढीको समाचार संकलन गर्न गएका भारतको एक टेलिभिजन च्यानलका सन्चारकर्मीलाई समाचार संकलनकै भरमा जागिरबाट बर्खास्त गरिएको छ । बर्खास्त गरिएको कारण अलि अनौठो छ ।
भारतको उत्तराखण्डबाट उद्धार गरिएका एक ब्यक्तिको काँधमा चढी भारतको न्युज एक्सप्रेसमा कार्यरत एक सन्चारकर्मीले समाचार सम्प्रेसन गरेका थिए । पीडितको काँधमाथि चढेको भिडियो सार्वजनिक भएपछी उनको सर्वत्र आलोचना भएको थियो । बाढी पीडितको पीडामाथि खेलवाड गरेको भन्दै बिश्वभर आलोचना भएपछी ती सन्चारकर्मीलाई जागिरबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएका पत्रकारले भने आफनो गल्ती नभएको प्रतिक्रिया दिएका छन् ।

Category:

0 comments