Hindi Films

बंगलादेशमा इस्लामिक नेतालाई मृत्युदण्ड

Unknown | 08:31 | 0 comments

ढाका, श्रावण २ । बंगलादेशको युद्ध अपराध हेर्ने न्यायालयले युद्ध अपराध गरेको ठहर गर्दै मूख्य इस्लामिक नेता अल असन मोहम्मद मुजाहिदलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ । मुजाहिदमाथि सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्राममा नरसंहार मच्चाएको लगायतका पाँच वटा आरोप लगाइएको थियो । मुजाहिद जमात–ए–इस्लामिक पार्टीका वरिष्ठ नेता हुन् ।
सरकारी अभियोजनकर्ताहरुले उनले मिलिसियाको समुह गठन गरी स्वतन्त्रताका पक्षधर नेता र बुद्धिजीविको हत्या गर्न लगाएको आरोप लगाएका थिए । मुजाहिद सन् १९७१ मा एकीकृत पाकिस्तान पक्षधर विद्यार्थीहरुका नेता थिए । उनी सन् २००१ देखि सन् २००६ सम्म सामाज कल्याण मन्त्री समेत बनेका थिए । गत सोमबार मात्र युद्ध अपराध हेर्ने अदालतले जमात पार्टीका शीर्ष नेता ९० वर्षीय गुलाम अजामलाई बंगलादेश स्वतन्त्रता आन्दोलनका क्रममा युद्ध अपराध गरेको अभियोगमा ९० वर्षको जेल सजाय सुनाएको थियो । अदालतको यो फैसला विरुद्ध भड्किएको हिंसात्मक प्रदर्शनमा बंगलादेशमा मंगलबार मात्र दुई जनाको मृत्यु भएको छ । सजायविरुद्ध भड्किएको हिंसामा हालसम्म सय भन्दा बढीको मृत्यु भईसकेको छ । गत जनवरीयता जमात पार्टीका चार जना नेताले युद्ध अपराधको अभियोगमा सजाय पाईसकेका छन् । बंगलादेश स्वतन्त्रता आन्दोलन अन्तर्गतको नौ महिने आन्दोलनमा करिब ५ लाख मानिस मारिएको अनुमान छ । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments