Hindi Films

भारतको एक सरकारी विद्यालयमा निशुल्क वितरण गरिएको खाजा खाँदा कम्तिमा २२ बालबालिकाको मृत्यु

Unknown | 09:19 | 0 comments

भारतको बिहार स्थित एक विद्यालयमा खाजा खाएपछि 22 बालबालिकाको मृत्यु भएको छ | उक्त खानेकुरा विषाक्त भएको कारण मृत्य भएको हो । मृत्यु हुनेहरु सबै बिहारको छपरा जिल्लाको धर्मसती विद्यालयका विद्यार्थी रहेको बताइएको छ । उनीहरुले सरकारी स्तरबाट उपलब्ध गराइने निःशुल्क खाना खाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ज्यान गुमाउने बालबालिका सबै १० वर्षमुनिका छन् । विषादी खाना खाएर बिरामी परेका थप ३१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खाना खाने बित्तिकै विद्यार्थी बान्ता गरेर लडेको र केही समयमै ज्यान गुमाएको सञ्चार माध्यमले जनाएका छन् । नजिकै अस्पताल नभएका कारण पनि बालबालिकालाई बचाउन नसकिएको स्थानीयको भनाइ छ । सरकारी सुविधाको नाममा खानामा गरिएको लापरवाहीप्रति स्थानीयले चरम आक्रोश पोखेका छन् । भारत सरकारले ग्रामीण भेगका बालबालिकालाई शिक्षामा आकर्षण गर्न निःशुल्क खानाको व्यवस्था मिलाउँदै आएको छ । सरकारले मृतक बालबालिकाका परिवारलाई दुई-दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पुरा भिडियो हेर्नको लागि तलको बक्समा गरि हेर्नुहोला ।

Category:

0 comments