Hindi Films

एचआइभी पीडित बालबालिकासँग माल्भिकाले जन्मदिन यसरी मनाइन....

Unknown | 07:54 | 0 comments

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो जन्मदिन एचआइभी पीडित बालबालिकाहरुसँग मनाएकी छिन् । उनले शुक्रबार कीर्तिपुरस्थिति सफलता एचआइभी शिक्षा सदनका बालबालिकाहरुसँग जन्मदिन मनाएकी हुन् ।साथै उनले जन्मदिनको अबसर पारेर शिक्षा सदनलाई १ लाख सहयोग समेत दिएकी छिन् ।
‘यसअघि विभिन्न च्यारिटीहरुमा संलग्न भएपनि नगद सहयोग गरेको थिइन । आज जन्मदिनको अबसरमा एचआईभी पीडित बालबालिकाहरुलाई सहयोग गरेको हुँ’ उनले अनलाइनखबरसँग भनिन् । सफलता एचआइभी शिक्षा सदनमा हाल १७ जना बालबालिका अध्ययनरत छन् । उनीहरुमध्ये केहीको आमाबाबु समेत छैनन् । एचआइभी पीडित बालबालिकासँग माल्भिका आफ्नो जन्मदिन मनाउदै गरेको भिडियो हेर्नुहोस् ।

Category:

0 comments